
ठग्स अफ हिन्दुस्तानको असफलतापछि अब आमिर खानले अर्को एक ठूलो प्रोजेक्टको तयारी सुरु गरेका छन् । उनले महाभारत चलचित्र बनाउन थालेका हुन् । यसमा अभिनेत्री दीपिका पादुकोणले अभिनय गर्ने खबर सार्वजनिक भएको थियो ।
तर प्राप्त पछिल्लो खबर अनुसार दीपिकाले यो चलचित्रमा काम गर्नका लागि गरिएको प्रस्तावलाई इन्कार गरेकी छन् ।
हालै दीपिका र आमिर खानबीच भेट भएपछि उनले महाभारत चलचित्रमा द्रोपतीको भूमिकामा अभिनय गर्ने खबर बाहिर आएको थियो । तर दीपिकाले आमिरको उक्त प्रस्ताव नकारेको भारतीय सञ्चार माध्यमहरुले खबर उल्लेख गरेका छन् ।
दीपिका र आमिर खानले अहिलेसम्म एउटै चलचित्रमा सँगै काम गरेका छैनन् ।