इजिप्टका १९ जना विद्यार्थीलाई पाँच वर्षको जेल सजाय

+
-

कायरो- मुस्लीम ब्रदरउड समूहलाई सहयोग गरेको अभियोगमा इजिप्टको एउटा अदालतले १९ जना विद्यार्थीलाई पाँच बर्षको जेल सजाय तोकेको छ ।

इस्लाम केन्द्रीत अल अजार विश्वविद्यालयका ती विद्यार्थीहरुलाई अदालतले आईतबार यस्तो फैसला गरेको इजिप्टको सरकारी समाचार संस्था मेनाले जनाएको छ ।

अल अजार विश्वविद्यालय भने अपदस्त इस्लामी राष्ट्रपति मोहमद मोर्सीसँग सम्वन्धित र अहिले प्रतिबन्धित विश्वविद्यालय हो ।

यस्तै मुद्धामा गिजा अपराध अदालतले पनि तीन बर्ष जेल सजाँयको फैसला सुनाएको थियो ।

पुनरावेदन अदालतको सन् २०१५ को फैसलालाई सदर गर्दै अन्तिम फैसला गरिएको हो ।

पुर्वराष्ट्रपति मोर्सीलाई सन् २०१३ को जुलाईमा अपदस्त गरिएको थियो । उहाँको समर्थनमा आम प्रदर्शन गरिएको थियो ।

नेता मोर्सीको पक्षमा रहेको ब्रदरउड समुहलाई आतङ्कबादी समूहको रुपमा प्रतिबन्ध समेत गरिएको थियो ।

प्रदर्शनका क्रममा सुरक्षाकर्मीसँग भएको झडपमा परी सयौको मृत्यु भएको थियो भने हजारौ गिरफ्तार भएका थिए। रासस

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?