खप्तड गोल्डकपमा १९ लाखको टिकट बिक्री

खप्तड गोल्डकपमा १९ लाखको टिकट बिक्री
+
-

धनगढी- धनगढीमा सम्पन्न भएको दोस्रो संस्करणको खप्तड गोल्डकपमा पौने १९ लाख रुपैयाँको टिकट बिक्री भएको छ।

११ दिनसम्म चलेको गोल्डकपमा १८ लाख ७० हजारको टिकट बिक्री भएको आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लबले जनाएको छ।

बाक्लो हुस्सु र कुहिरोको चिसोका बाबजुद पनि दर्शकहरुले प्रतियोगितालाई राम्रो साथ दिएका हुन्।

अझ फाइनलका दिन प्याराफिटमा दर्शकहरु राख्ने ठाउँ नभएपछि आयोजकले टिकट नै बन्द गरेको थियो।

दुई ओटा प्याराफिट भरिभराउ भएपछि मैदानको ट्रयाकमा बसेर पनि दर्शकहरुले खेल हेरेका थिए।

११ दिनसम्म सञ्चालन भएको प्रतियोगितालाई झण्डै ५० हजार दर्शकहरुले अवलोकन गरेको प्रतियोगिताका प्रवक्ता ओमविक्रम चन्दले जानकारी दिए।

खेलमा १ सय र १ सय ५० मूल्य पर्ने टिकट बिक्री गरिएको थियो।

फाइनलमा मात्रै ६ लाख २१ हजारको टिकट बिक्री भएको टिकट व्यवस्थापन समितिका संयोजक ध्रुब बरालले जानकारी दिए।

उनले पहिलो सेमिफाइनलमा २ लाख ७० हजार र दोस्रो सेमिफाइनलमा २ लाख ४७ हजारको टिकट बिक्री भएको बताए।

आयोजकले झण्डै २६ लाख रुपैयाँ रकम टिकटबाट संकलन हुने लक्ष्य राखेको थियो। तर, प्रतिकूल मौसमका बाबजुद पनि दर्शकहरुको उत्साहजनक सहभागिताले आफूहरु उत्साहित बनेको आयोजक क्लबका अध्यक्ष सुरेश हमालले बताए।

 

सम्बन्धित समाचारहरु…

त्रिभुवन आर्मीले चुम्यो खप्तड गोल्डकपको उपाधि

सर्वाधिक राशिको सुदूरपश्चिम खप्तड गोल्डकपको तयारी सुरु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?