भुटानी शरणार्थी बालबालिका नेपालको स्थानीय तहमा दर्ता हुन थाले

भुटानी शरणार्थी बालबालिका नेपालको स्थानीय तहमा दर्ता हुन थाले
+
-

विर्तामोड- नेपालमा बसोबास गरेको दुई दशकभन्दा लामो समयपछि भुटानी शरणार्थी बालबालिकाको नेपालका स्थानीय तहमा जन्मदर्ता गर्न थालिएको छ।

जब शरणार्थीका लागि तेस्रो मुलुक पुनर्स्थापनाको कार्यक्रम बन्द हुन लाग्यो, तब नेपालमै जन्मेका शरणार्थी बालबालिकाहरुको जन्मदर्ता स्थानीय तहले गरिदिन थाले। दमक नगरपालिकाले बेल्डाँगी शिविरका र पथरी शनिश्चरे नगरपालिकाले शनिश्चरे शिविरका नेपालमै जन्मेका बालबालिकाको जन्मदर्ता गर्ने गरेका हुन्। दमक नगरपालिकाका कार्यकारी अधिकृत युवराज दहालका अनुसार शरणार्थी बालबालिकाको हकको संरक्षणका लागि जन्मदर्ता शुरु गरिएको हो।

दाहालले भने, ‘नेपालमै जन्मेका बालबालिकाको जन्मदर्ता नेपालमा हुनु कुनै नौलो कुरा होइन। तर यो भन्दा अघि कसैले गरेका थिएनन्। हामीले शुरु गरेका हौं।’

भुटानी शरणार्थी समुदायलाई सहयोग गरिरहेका अन्तर्राष्ट्रिय दातृ निकायहरुले पनि जन्मेको स्थानमा दर्ता हुन पाउने बाल अधिकारको रक्षाका लागि पहल गरेर शरणार्थी बालबालिकाको जन्मदर्ताको काम शुरु गरिएको जनाएका छन्। अहिले करिब १२ बर्षसम्मका बच्चाहरुको जन्मदर्ता भइरहेको शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले बताए।

तेस्रो मुलुक पुनर्स्थापनाको काम बन्द हुने बेलामा शिविरमा रहेका बाल बालिकालाई नेपालका स्थानीय तहमा जन्मदर्ता गराउनु उनीहरुलाई स्थानीय समाजमा समायोजन गराउँदा सहज हुने पनि कतिपय शरणार्थीले भन्ने गरेका छन्। तर, शरणार्थी बालबालिकाको जन्मदर्ता गराउन पहल गरेको नेपाल बार एसोसिएसन झापा शाखाका अध्यक्ष सुरज खत्रीले शरणार्थी बाल बालिकाको तथ्यांक राख्नका लागि मात्र जन्मदर्ताको पहल बार एसोसिएसनले गरेको बताए।

तेस्रो मुलुक पुनर्स्थापनाबाट रहेका पाँच हजार भन्दा बढी भुटानी शरणार्थी नेपालका शिविरहरुमा रहने छन्। भुटाननै फर्कन चाहने, तेस्रो मुलुक पुनर्स्थापनाका लागि अयोग्य ठानिएका, बृद्ध बृद्धा तथा अपांगता भएकाहरु शिविरहरुमा रहने बताइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?