को–को पुगे च्याम्पियन्स लिगको अन्तिम १६ मा ?

को–को पुगे च्याम्पियन्स लिगको अन्तिम १६ मा ?
+
-

युरोपियन च्याम्पियन्स लिगको प्रिक्वाटरफाइनल समीकरण पूरा भएको छ । बुधबार राति भएको खेलमा अन्तिम १६ मा पुग्ने सबै टिमको टुङगो लागेको हो ।
बुधबार राति भएका खेलहरुबाट समूह इ मा बार्यन म्युनिख विजेता र आयाक्स उपविजेताका रुपमा अन्तिम १६ मा पुगे ।

समूहको अन्तिम खेलमा बार्यन र आयाक्सले तीन तीन गोलको बरारबी खेले । जसका कारण बार्यन विजेता र आयाक्स उपविजेता बन्यो ।

यस्तै समुह एफबाट म्यानचेस्टर सिटी विजेता र लियोन उपविजेताका रुपमा प्रिक्वाटरफाइनलमा प्रवेश गरे । सिटीले होफेनहमलाई दुई एकले हरायो । सिटीको जितमा सानेले दुई गोल गरे । यता लियोनले सख्तर डोनेस्कसँग एक–एक गोलको बराबरी खेलेपछि उपविजेता बन्यो ।

समुह जीबाट रियल मड्रिड विजेता र रोमा उपविजेता बन्यो । घरेलु मैदानमा रियल पराजित हुँदा अर्को खेलमा रोमा पनि भिक्टोरिया प्लेइजिङसँग दुई एकले हार्न पुग्यो । जसका कारण यसअघि नै नकआउट चरणमा पुगेको रियल विजेता र रोमा उपविजेता बन्यो ।

समुह एच मा युभेन्टस विजेता र म्यानचेस्टर युनाइटेड उपविजेता बन्यो । दुबै टिमले समुहको अन्तिम खेलमा पराजित भए । युभेन्टस योङ बोइजसँग दुई एकले पराजित भयो भने म्यानचेस्टर युनाईटेड पनि भ्यालेन्सियासँग हार्न पुग्यो ।

अन्तिम १६ मा पुग्ने टिम


समूह ए :   बोरुसिया डर्टमुन्ड (विजेता), एट्लेटिको मड्रिड (उपविजेता)

समूह बी :  बार्सिलोना (विजेता), टोटनह्याम (उपविजेता)

समूह सी :  पेरीस सेन्ट जर्मेन (विजेता), लिभरपुल (उपविजेता)

समूह डी  : पोर्टो (विजेता), साल्के (उपविजेता)

समूह ई  :  बार्यन म्युनिख (विजेता), आयाक्स (उपविजेता)

समूह एफ  : म्यानचेस्टर सिटी (विजेता), लियोन (उपविजेता)

समूह जी  : रियल मड्रिड (विजेता), रोमा (उपविजेता)

समूह एच : युभेन्टस (विजेता), म्यानचेस्टर युनाईटेड (उपविजेता)

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?