काठमाडौं– भक्तपुरको ब्रम्हायणी मन्दिर परिसरमा एक वृद्धको हत्या भएको छ।
चागुनाराण नगरपालिका वडा नम्बर ९ ताथली घर भएका ५५ वर्षिय सिताराम सैजुको हत्या भएको हो।
उनको शव बुधबार बिहान मन्दिर परिसरमा भेटिएको भक्तपुर प्रहरीले जनाएको छ।
प्रहरीले सितारामको टाउको पछाडि प्रहार गरी हत्या भएको जनाएको छ।
हत्या गरेको आशंका प्रहरीले तीन जना पक्राउ परे बताएपनि उनीहरुको नाम खुलाएको छैन।पक्राउ पर्नेमध्ये एक युवती पनि छिन्।
प्रहरीका अनुसार सितारामले मदिरा सेवन गरेकाले विवाद हुदा युवतीले हत्या गरेको हुन सक्ने आशंका गरेको छ।