बलिउड स्टारको अनुभूति अब पुस्तकमा

मनीषाले भनिन् – पीडासँग मेरो लडाइँको कथा हो ‘हिल्ड’

+
-

काठमाडौँ– अभिनेत्री मनिषाको कोइरालाको पुस्तक ‘हिल्ड’ नेपालीमा आउने भएको छ। पुस ७ गतेदेखि पोखरामा हुन लागेको ‘नेपाल लिटरेचर फेस्टिबल’ मा ‘हिल्ड’ को नेपाली संस्करण सार्वजनिक हुन लागेको हो।

पाँच वर्षअगाडि मनिषालाई ओभरियन क्यान्सर भएको थियो। उपचार गरेपछि उनी स्वस्थ्य भएकी छन्। क्यान्सरको उपचार पछि काममा फर्किसकेकी मनिषाले आफ्नो आत्म वृत्तात ‘हिल्ड’बाट बाँडेकी हुन्।

‘क्यान्सर भइरहँदा शारीरिक र मानसिक रुपमा कस्तो महसुस हुन्छ, शरीरमा हुने पीडा भन्दा मनमा हुने पीडासँग कसरी लड्ने भन्ने मेरो जीवनको पाटो हिल्ड हो,’ उनले भनिन्, ‘मानिसको जीवनमा घटेका केही घटनाले जीवन अनि यसलाई हेर्न दृष्टिकोण फरक हुन्छ, मेरो कथाले कसैलाई शक्ति दिन सक्छ भन्ने अपेक्षा छ।’

कार्यक्रममा उनले मृत्युलाई नजिकबाट देख्न पाएको बताइन्। उनले भनिन्, ‘डाक्टरले निको हुन्छ भन्न सक्ने, औषधि खाएर पनि निको हुन्छ भन्न सक्ने रोग क्यान्सर नभएकाले त्यसलाई निको पार्ने क्रममा उनले गरेको अनुभूतिको व्याख्या किताबमा गरिएको छ।’ उनले उपचार गरिरहँदा दिमागमा धेरै कुरा खेलेको र असाध्यै दुखदायी यात्राबाट सिकेको कुरा पुस्तकमा उतारेको बताइन्।

उनले क्यान्सको उपचारको क्रममा उपचारमा सम्भव र विश्वास लागे जति सबै काम गरेको पनि बताइन्। उनले आमालाई धन्यवाद दिँदै उपचारको क्रममा आफ्नो बेखुसीपनबाट निस्कनलाई आमाले सहयोग गरेको बताइन्।

सोमबार एक कार्यक्रममा मनीषाले पुस्तक लिटरेचर फेस्टिबलमा सार्वजनिक गर्ने बारेमा जानकारी दिइन्। ‘हिल्ड’ अंग्रेजी भाषामा डिसेम्बर १५ मा सार्वजनिक भइसकेको छ। नीलम कुमारसँगको सहकार्यमा उनले लेखेको पुस्तकलाई पेनगुइन र्‍यान्डमहाउस, इन्डियाले प्रकाशित गरेको हो। नेपालमा भने फाइन प्रिन्ट्सले अनुवाद र प्रकाशन गर्दैछ। भिडियो हेर्न यो लिंकमा क्लिक गर्नुहोस्

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?