मनीषाले दिइन् क्यान्सर केयर नेपाललाई ५ लाख रुपैयाँको चेक

मनीषाले दिइन् क्यान्सर केयर नेपाललाई ५ लाख रुपैयाँको चेक
+
-

काठमाडौँ– अभिनेत्री मनिषा कोइरालाले आफ्नो पहिलो पुस्तक ‘हिल्ड’ को नेपाली भाषामा आउने अनुवादका लागि पाएको साइनिङ रकम क्यान्सर केयर नेपाललाई दिएकी छन्। सोमबार एक कार्यक्रममा कोइरालाले ‘हिल्ड’ को नेपाली अनुवादको लागि फाइन प्रिन्टले दिएको प्रारम्भिक रोयल्टी रकम पाँच लाख रुपैयाँ क्यान्सर केयर नेपाललाई हस्तान्तरण गरेकी हुन्।

क्यान्सर केयर नेपालका अध्यक्ष मदनकुमार पिया सहितको टोलीले रकम लिएका थिए। क्यान्सर तथा छाती रोग विशेषज्ञ बरिष्ट डाक्टर मदनकुमार पियाले मनिषाको क्यान्सर निको भइसकेको बताए। ‘मनिषालाई भएको ओरभियन क्यान्सर चौथो चरणमा पुगेपछि थाहा भएको थियो,’ पियाले भने, ‘क्यान्सर उपचार पछि पाँच वर्षसम्म उपचार गर्ने व्यक्ति स्वस्थ्य भएमा उसलाई क्यान्सर निको भएको मानिन्छ।’ मनिषाको क्यान्सर उपचार गरेको ६ वर्ष भइसकेको छ।

क्यान्सर केयर नेपाल ९ वर्ष अगाडि जावलखेलमा स्थापना भएको हो। मनिषा क्यान्सर केयर नेपालको मानार्थ अध्यक्ष पनि हुन्।

‘हिल्ड’ अंग्रेजी भाषामा डिसेम्बर १५ मा सार्वजनिक भइसकेको छ। नीलम कुमारसँगको सहकार्यमा उनले लेखेको पुस्तकलाई पेन्गुइन र्‍यान्डमहाउस, इन्डियाले प्रकाशित गरेको हो। नेपालमा भने फाइन प्रिन्ट्सले अनुवाद र प्रकाशन गर्दैछ। नेपालीमा अनुवाद भएको पुस्तक पुस ७ गतेदेखि पोखरामा हुने लिटरेचर फेस्टिबलमा सार्वजनिक हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?