मोदी किन हारे भन्दै विश्लेषण गरिएको आर्टिकलको सत्य

मोदी किन हारे भन्दै विश्लेषण गरिएको आर्टिकलको सत्य
+
-

सोमवार कांग्रेसका तीन मुख्यमन्त्रीहरुले सपथ लिएलगत्तै सामाजिक सञ्जालमा मोदी किन हारे भन्दै विश्लेषण गरिएको एउटा आर्टिकल भाइरल बन्यो ।
त्यो आर्टिकल शेयर गर्नेहरुले अमेरिकी पत्रिका न्यूवोर्क टाइम्सले पाँच राज्यको विधानसभा चुनावमा मोदीको हारबारे विवेचना गरेको उल्लेख गरेका थिए ।

त्यसमा मोदीको भारतीय जनता पार्टीले चुनाव हार्नुका कारण उल्लेख गरिएका छन् ।

सामाजिक सञ्जालमा शेयर गरिएको उक्त आर्टिकलका अनुसार भारतीय मतदाताको बुझाईका बारेमा लेखिएको छ । र मोदी सरकारले यो नतिजाबाट पाठ सिक्नुपर्ने कुराहरु पनि उल्लेख गरिएका छन् ।

यो आर्टिकल अंग्रेजी र हिन्दी भाषामा समेत पोष्ट गरिएको छ ।

भारतीय मतदाता संकीर्ण मानसिकताका रहेको र उनीहरुलाई समस्याको समाधान तुरुन्तै चाहिन्छ, उनीहरु ठूलो र धेरै समय लाग्ने योजनामा विश्वास गर्दैनने भन्ने कुरा आर्टिकलमा उल्लेख छ ।

आर्टिकलमा उल्लेख गरिएका मुख्य कुराहरु


  • भारतीयहरुको नजरमा हरेक काम सरकारको हो । उनीहरु आफ्नो समस्याको सामाधान छिटो चाहन्छन्
  • भारतीयहरु पूराना कुराहरु बिर्सिदिन्छन् र उनीहरुको दृष्टिकोण संकीर्ण हुन्छ । नेताहरुका पुराना गल्तीहरु माफ गरिदिन्छन् ।
  • भारतीय जातिवादका आधारमा मत दिन्छन् । चीन र पाकिस्तानमा जातिवाद फैलाउने कोशिश गर्छन् ।
  • मानिसहरु सस्तो डिजेल चाहन्छन्, ऋण मिनाह चाहन्छन् तर सबैको साथ, सबैको विकास उनीहरु जान्दैनन् ।
  • भारतमा जित्नका लागि मोदीलाई स्टेट्समैनशिप छोडेर पोलिटिशियन बन्नुपर्छ ।

यस लेखको अनत्यमा लेखिएको छ कि नरेन्द्र मोदीले प्रधानमन्त्री भएपछि धेरै काम गरेका छन् । तर भारतमा उनको कामको प्रशंसा भएको छैन् ।

तर यो लेख फर्जी रहेको भारतीय सञ्चार माध्यमहरुले दाबी गरेका छन् । बिबिसी हिन्दीका अनुसार नरेन्द्र मोदी र विधानसभा चुनावका बारेमा न्यूवोर्क टाइम्समा कुनै त्यस्तो आर्टिकल प्रकाशन भएको छैन ।

यो पोष्टमा लेखिएको केही सामान्य अंग्रेजी शब्दहरुपनि गलत रहेका छन् ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’