जाजरकोटमा साबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

जाजरकोटमा साबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी
+
-

जाजरकोट-लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन सुरु गरेको छ ।

समाजमा बढ्दै गएको लागुऔषध दुर्व्यवसनी तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु गरिएको जाजरकोटका प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए।

कक्षा ४ देखि कक्षा १२ सम्मका विद्यार्थीलाई लागुपदार्थबाट हुने हानी र साइबार अपराधबाट हुने बेफाइदाका विषयमा उमेर अनुसारको पाठ्यक्रम बनाइ शिक्षित गराइएको सिंहले जानकारी गराए।

“जिल्लाका सबै विद्यालयमा पुगेर लागुऔषध दुर्व्यवसनीी, साइबर अपराध, सडक सुरक्षा, सामाजिक सुरक्षा लगायतका विषयमा प्रशिक्षण शुरु गरिएको छ”, उपरीक्षक सिंहले भने, “विद्यार्थीहरुलाई सचेतना जगाउने कार्य जिल्ला प्रहरी कार्यालयका प्रमुख र अधिकृत प्रहरीले सहजीकरण गरिएको छ ।”

समाजमा शान्ति सुरक्षा कायम गर्न, जनतासँग प्रहरीको साझेदारी बढाउन, विभिन्न अपराधका विरुद्ध जनतालाई सचेत बनाउन र युवामा बढ्दै गएको लागुऔषध दुर्व्यवसनी तथा प्रविधिको गलत प्रयोगमार्फत बढ्दो साइबर अपराध नियन्त्रणका लागि सचेतनाले ठूलो भूमिका खेल्ने प्रहरी उपरीक्षक सिंहको भनाइ छ।

किशोर विद्यार्थीमा बढ्दै गएको प्रविधिको गलत प्रयोग तथा लागुऔषधको दुर्व्यवसनी र सडक असुरक्षाका कारण समाजमा अपराध र असुरक्षा बढिरहेकोले यसतर्फ सबै सचेत रहनुपर्ने शिव माध्यमिक विद्यालय कालेगाउँका प्रधानाध्यापक तिलकबहादुर खत्रीले बताए।

उनले प्रहरीको यस अभियानले समाजका किशोर तथा युवा उमेरका विद्यार्थीलाई सामाजिक विकृति र अपराधबाट टाढा राख्‍नु सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रहरीको यस्तो कार्यक्रमले अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने त्रिभुवन माध्यमिक विद्यालय कक्षा– ८ की छात्रा लक्ष्मी खत्रीले बताए।

उनले भने,“हामीलाई साइबर अपराधका विषयमा खासै जानकारी थिएन्, यो कार्यक्रममा धेरै ज्ञान आर्जन भयो, फेसबुकमा के लेख्ने र के नलेख्ने भन्ने विषयमा पनि थाहा भयो।”

प्रहरीले स्थानीय सरकारसँग समन्वय गरेर जिल्लाका सबै निजी तथा सामुदायिक विद्यालयमा प्रशिक्षणका कार्यक्रम गरिरहेको उपरीक्षक सिंहले बताए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?