
मन्त्रिपरिषद्ले बुधबार दिउँसो प्रदेश प्रमुख र अस्थायी केन्द्र टुंगो लगाएको छ।
बालुवाटारमा बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले लामो समयदेखि थाती रहेको प्रदेश प्रमुख र अस्थायी केन्द्र टुंगो लगाएको हो।
प्रदेश १ को केन्द्र विराटनगर तोकिएको छ भने प्रदेश प्रमुखमा गोविन्द सुब्बा।
प्रदेश २ को केन्द्र जनकपुर तोकिएको छ भने प्रमुख रत्नेश्वर लाल कायस्थ।
प्रदेश ३ को केन्द्र हेटौंडा तोकिएको छ भने अनुराधा कोइराला प्रमुख।
त्यस्तै, प्रदेश ४ को केन्द्र पोखरा छ भने प्रमुख बाबुराम कुवँर।
प्रदेश ५ को केन्द्र बुटवल तोकिएको छ भने उमाकान्त झा प्रमुख।
त्यस्तै ६ मा सुर्खेत केन्द्र तोकिएको छ भने प्रमुख दुर्गाप्रसाद खनाल।
७ को केन्द्र धनगढी तोकिँदा प्रमुखमा मोहनराज मल्ल चयन भएका छन्।
रक्षामन्त्री भीमसेनदास प्रधानले मन्त्रिपरिषद् बैठकको निर्णयबारे जानकारी गराएका हुन्।