
दाङ- पाँच नम्बर प्रदेशको भावी मुख्यमन्त्री भनेर चर्चामा ल्याइएका शंकर पोख्रेलले सरकारले अस्थायी राजधानी तोकेको विषयमा मुख खोलेका छन्।
सामाजिक सञ्जाल फेसबुकमा प्रतिक्रिया दिँदै उनले लेखेका छन्, ‘आफैँले बनाएको कार्यदलको सिफारिस विपरितका ठाउँ प्रदेशको अस्थायी राजधानी तोक्ने सरकारको निर्णय दुर्भाग्यपूर्ण छ। जनमत गुमाएको सरकारले विवेक पनि गुमाएछ।’
दाङ निर्वाचन क्षेत्र नं. २ वाट प्रदेशसभा सदस्यमा निर्वाचित पोख्रेललाई चुनावी प्रचारमा दाङलाई प्रदेश नम्वर पाँचको राजधानी र मुख्य मन्त्रीको रुपमा जनतामाझ लगिएको थियो। सामाजिक सञ्जालमा उनले ‘स्थायी राजधानीका बारेमा निर्णय गर्ने अधिकार प्रदेशसभालाई प्राप्त छ। जननिर्वाचित प्रतिनिधिहरुले अवश्य नै विवेक प्रयोग गर्नेछन्’ लेखेका छन्।