नयाँ शक्तिका डा. बाबुराम भट्टराईसँग संवाद

‘कांग्रेस र कम्युनिष्टका ब्राण्ड पपुलर भए, हाम्रो विचार बुझाउनै गाह्रो’

+
-

पछिल्लो समय सरकारको आलोचना बढिरहेको छ । विकास र समृद्धिको नारा नछुटाउने सरकारमा रहेका नेताहरुले गलत बाटो हिँडिरहेको टिप्पणी हुन थालेको छ । नेकपा बाहिरका मात्रै होइन नेकपाकै नेताहरुले पनि सरकारको आलोचना खुलेरै गर्न थालेका छन् ।

अहिले सरकारले रटाउन लाउने प्रमुख मुद्दा ‘आर्थिक विकास र समृद्धि’को नयाँ यात्रा भन्दै २०७२ सालको असोज दोश्रो साता नै तत्कालीन माओवादीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गरेका थिए । तर यो अवधिमा न बाबुरामको नयाँ शक्ति मौलायो न त केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ को रटानअनुसार विकास र समृद्धिको यात्राले नै गति लियो ।

नयाँ शक्तिको बाटो त जनताले नै गएको चुनावमा रोकिदिए । तर सरकारको यो यात्रा कहाँ अलमलियो त ? देश सञ्चारका उजिर कार्कीले पूर्व प्रधानमन्त्री समेत रहेका नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईसँग कुराकानी गरेका छन् ।

हिजोको दिनमा अस्थिर सरकार छ, देशमा त्यही कारण नेपालमा विकास हुन सकेन भनिन्थ्यो । तर आज देशमा दुई तिहाई बहुमत प्राप्त सरकार हुँदा के फरक पर्यो?

यो अस्थितरतालाई मात्रै दोष दिनु हुँदैन । हिजो लोकतान्त्रिक जुन व्यवस्था थियो । पुरानो आकारलाई भत्काएर नयाँ व्यवस्था नगरुन्जेल त्यो अवधिमा संक्रमणकालीन व्यवस्था जहाँ पनि रहन्छ । हाम्रो पनि भएको त्यही थियो ।

तर त्यो संक्रमणकालको अन्त्ये गरेर संघीय लोकतान्त्रिक गणतन्त्रमा हामी पुगेका छौँ । राजनीतिक स्थायीत्व ग्रहण गरेका छौँ । निर्वाचन पछि दुई तिहाईको सरकार बनेको छ । यसले नै एउटा दीर्घकालीन सोच अनुरुप देशको विकास र समृद्धिको मार्गचित्र कमसेकम आगामी ५० वर्षसम्मको एउटा मार्गचित्र तय गरेर त्यसलाई अगाडि बढाउने आँट गर्न सक्नु पथ्र्यो ।

तर दूरभाग्य नै भयो, राजनीतिक नेतृत्वमा त्यो प्रकारको दूरदृष्टि भन्ने नै भएन । खाली हचुवाका भरमा आंशिक विषयलाई सतही प्रकारका नारा र प्रियतावादी नारामा उहाँहरु सीमित हुनुभयो । त्यसैमा एक वर्ष बित्न लागिसक्यो । यो बिचमा खासै परिणाम उहाँहरुले देखाउन सक्नु भएन ।

मुख्य रुपमा उहाँहरुको राजनीतिक सोचमा रहेको कमी, रणनीतिको अभाव र आधुनिक युगका मूल्य मान्यता छन्, त्यसलाई अंगिकार गरेर त्यस अनुरुप ढाल्न नसक्नु हो । नेकपाको जुन सरकार छ, हिजो पञ्चायती व्यवस्था र राजतन्त्रिय व्यवस्थाविरुद्ध लड्नमा त्यो शक्तिले भूमिका निर्वाह त गर्यो तर, नेपालको कृषि प्रधान अर्थतन्त्रलाई औधोगिक अर्थतन्त्रमा रुपान्तरण गर्न सकेन ।

हामीले ठूलो मात्रामा श्वदेशी र विदेशी पूँजिको परिचालन गर्नुपर्छ । पछिल्लो जुन विदेशी प्रविधि छ त्यसलाई अत्याधिक मात्रामा परिचालन गर्न सक्नु पर्छ । त्यसका लागि हामीले हिजो अपनाउँदै आएको राज्यले सबैथोक नियन्त्रण गर्छु भन्ने खालको नीतिबाट त्यो संभव हुँदैन ।

सरकारले लगानी र शान्ति सुरक्षाको वातावरण बनाउने । उत्पादन वृद्धि गरेर जो विपन्न जनता छन्, उनीहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने । त्यो विकासको मोडलतिर जान सक्नु पथ्र्यो । यो सरकारले त अहिलेसम्म आफ्नो विकासको मोडलनै अगाडि ल्याउन सकेन । त्यो पूरै राज्यले नियन्त्रण गरेर जाने हिजोको कम्युनिष्ट ढाँचाको मोडल हो कि, उदारवादी अर्थतन्त्रले भनेजस्तो बजारलाई सबैथोक खुल्ला छाडिदिने ? राज्यले कुन मोडलमा काम गर्ने भन्ने टुंगो भएन ।
शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरामा राज्यले दायित्व लिनु पर्ने हो । त्यो चाहिँ उहाँहरुले नीजि क्षेत्रलाई छाडिदिनु हुन्छ । उद्योगधन्दामा लगानी गर्नको लागि पूँजिबजारलाई आकर्षक बनाउनका लागि बढी खुल्ला पन र बढी सुविधा दिन पथ्र्यो, उहाँहरु नियन्त्रण गर्न खोज्नुहुन्छ ।

पूँजिबजारलाई खुल्ला छाड्नु पर्ने नियन्त्रण गर्न खोज्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा दायीत्व लिनु पर्नेमा व्यापारिकरण गरेर आफु निकटकालाई छाडिदिने । यस्तो उल्टो काम गरिरहनु भएको छ उहाँहरुले । त्यस कारण यो एक वर्षमा विकासले एउटा फड्को पनि मार्न सकेन ।

हामीले ठूलो मात्रामा श्वदेशी र विदेशी पूँजिको परिचालन गर्नुपर्छ । पछिल्लो जुन विदेशी प्रविधि छ त्यसलाई अत्याधिक मात्रामा परिचालन गर्न सक्नु पर्छ । त्यसका लागि हामीले हिजो अपनाउँदै आएको राज्यले सबैथोक नियन्त्रण गर्छु भन्ने खालको नीतिबाट त्यो संभव हुँदैन।

सरकारले लगानी र शान्ति सुरक्षाको वातावरण बनाउने । उत्पादन वृद्धि गरेर जो विपन्न जनता छन्, उनीहरुको सामाजिक सुरक्षाको प्रत्याभूति गर्ने । त्यो विकासको मोडलतिर जान सक्नु पथ्र्यो । यो सरकारले त अहिलेसम्म आफ्नो विकासको मोडलनै अगाडि ल्याउन सकेन । त्यो पूरै राज्यले नियन्त्रण गरेर जाने हिजोको कम्युनिष्ट ढाँचाको मोडल हो कि, उद्धारवादि अर्थतन्त्रले भनेजस्तो बजारलाई सबैथोक खुल्ला छाडिदिने ? राज्यले कुन मोडलमा काम गर्ने भन्ने टुंगो भएन।

शिक्षा स्वास्थ्य जस्ता आधारभूत कुरामा राज्यले दायीत्व लिनु पर्ने हो । त्योचाहिँ उहाँहरुले नीजि क्षेत्रलाई छाडिदिनु हुन्छ । उद्योगधन्दामा लगानी गर्नको लागि पूँजिबजारलाई आकर्षक बनाउनका लागि बढि खुल्ला पन र बढि सुविधा दिन पथ्र्यो, उहाँहरु नियन्त्रण गर्न खोज्नुहुन्छ।

पुँजिबजारलाई खुल्ला छाड्नु पर्ने नियन्त्रण गर्न खोज्ने, शिक्षा, स्वास्थ्य जस्ता आधारभूत विषयमा दायीत्व लिनु पर्नेमा व्यापारिकरण गरेर आफु निकटकालाई छाडिदिने । यस्तो उल्टो काम गरिरहनु भएको छ उहाँहरुले । त्यस कारण यो एक वर्षमा विकासले एउटा फड्को पनि मार्न सकेन।

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई। तस्बिर: सुलभ श्रेष्ठ/ देश संचार।

झण्डै एक महिना अघि सरकारले नयाँ युगको घोषणा गरेको तपाईँले पनि थाहा पाउनु भयो होला । त्यो चाहिँ देशले फड्को मारेको संकेत होइन ?

त्यो त ठूलो उपहास मजाक नै भयो । हामी सबैको चाहना नयाँ युगमा जने नै थियो । तर उहाँहरुले त एउटा कार्यक्रमलाई नै नयाँ युग भन्नुभयो । यो नै हाँस्यास्पद थियो । दोश्रो कुरा त त्यही सामाजिक सुरक्षा कार्यक्रम पनि अवधारणाका रुपमा त म प्रधानमन्त्री हुँदै आएको हो । म पछिको सरकारले सामाजिक सुरक्षा कोषमा रकम जम्मा गर्न थाल्यो ।

त्यसैलाई अलिकति परिमार्जन गरिएको हो । बिलकुलै नयाँ कुरा पनि थिएन । सामाजिक सुरक्षा कोषले मात्रै नयाँ युग ल्याउने कुरा पनि थिएन । उहाँहरुले अनुपयुक्त हिसाबले नै प्रचार गर्नुभएको हो।

हिजो तपाईँसँगै काम गरेका साथीहरु आज सत्तामा हुनुहुन्छ । समृद्धिको यात्रामा सरसल्लाह कतिको हुन्छ ?

मेरो भेटघाट हुन्छ, कुराकानी हुन्छ । सल्लाह सुझाव त उहाँहरुले पनि आवश्यक ठान्नु हुन्न होला । पार्टीमा अहिले पनि पुराना साथीहरु हुनुहुन्छ, विज्ञहरु पनि हुनुहुन्छ ।

तर उहाँहरुले आफ्नै घरलाई ठीक ढंगले सम्हाल्न नसके जस्तो अवस्था छ । त्यही भएर होला सल्लाह सुझाव लिन खोजे जस्तो म पाउँदिन । तर म आफ्नो ब्रम्हले देखेका कुराहरु संसदमा पनि र संसदीय समितिमा जाँदा पनि सुझाव दिने गर्छु । त्यो भनेको मैले एकोहोरो दिने कुरा भयो, कति ग्रहण गर्नुहुन्छ त्यो त उहाँहरुको कुराभयो ।

माओवादी छाडेदेखि यता राजनीतिक भूमिका कस्तो हुँदैछ ?

हिजो माओवादी अन्दोलन पुरानो व्यवस्था फेर्नका निम्ति आवश्यक थियो । हामी सबै मिलेर काम गर्थ्यौँ।

२००७ सालमा नेपाली कांग्रेसले, २०४० तिरको दशकमा तत्कालीन मालेले र पछिल्लो दश वर्ष हामी माओवादीहरुले संघर्ष गर्यौँ । फलस्वरुप नेपालमा परिवर्तन आयो र एउटा ऐतिहासिक चरण पूरा भयो ।

अब विकासको आर्थिक संमृद्धिको नयाँ चरणमा जानका निम्ति वैचारिक राजनीतिक ढंगले नै हामीले हिजोका पूँजिवाद, साम्यवादभन्दा माथि उठेर विचार निर्माण गर्नु पर्छ र नयाँ आधार तयार गरेर देशलाई विकास र समृद्धिको बाटोमा लानु पर्छ भनेर म अगाडि बढिरहेको छु । अब यो नयाँ विषय भएकाले धेरै मान्छेलाई बुझाउन गाह्रो छ । कांग्रेस र कम्युनिष्टका ब्राण्ड पपुलर भए । जनताले त्यही भएर गएको चुनावमा उनीहरुलाई नै भोट हालेका छन् ।

तर उनीहरुबाट यो विकास र समृद्धिको यात्रा सफल हुन सक्छ जस्तो मलाई लाग्दैन । यतिबेला त हामी वैचारिक बहसमा नै छौँ । अब उहाँहरुले त अवसर पाउनु भएको छ । खासगरी नेकपाका साथीहरुले अब राम्रो काम गर्नु भएछ भने त त्यही ढंगले ग्रहण गर्लान् ।

तर मैले बुझे अनुसार उहाँहरुसँग त्यो भिजन शैली छँदै छैन । हिजोकै त्यो पुरानो धंगधंगी बोकेर अहिलेको युगमा विकास र समृद्धि आउन पनि सक्दैन । त्यो स्थिति आयो भने जनताले विकल्प खोज्छन् । त्यतिबेला हामीले जनतालाई अगुवाई गर्न साहस गर्नुपर्छ ।

बाबुराम भट्टराईलेचाहिँ गलत बाटो लिनुभयो भन्छन् नि, कहाँ चुकेँ जस्तो लाग्छ ?

साथीहरुले गलत बुझिरहनु भएको छ । हिजोका पार्टीहरु आन्दोलन गर्नका निम्ति बनेका हुन् । केन्द्रमुखि ढाँचा छ, कमाण्डमा चल्ने । आन्दोलन गर्न त्यो खालका पार्टी चाहिन्छ ।

तर विकास र समृद्धिको जुन कुरा गरिरहेका छौँ, त्यसलाई लागु गर्न राजनीतिक पार्टीको ढाँचा पनि बदलिनु पर्छ । अब जनताको सहभागिता बढी हुने ढाँचाको पार्टी चाहिन्छ, हिजोको जस्तो केन्द्रमुखि पार्टीले चल्दैन ।

पुराना औजार लिएर नयाँ काम गर्न सकिँदैन । चक्कुले तरकारी काट्न सकिन्छ तर खसी काट्न सकिँदैन । हामीले खसी काट्ने हो भने तरबार चाहिन्छ ।

गलत म होइन उहाँहरु पुरानै बाटोमा हिँडिरहनु भएको छ त्यो गलत बाटो हो । नयाँ बाटो बनाएर नयाँ लक्ष प्राप्त गर्नुपर्छ भन्ने मेरो धारणा हो । म ठीक बाटोमा छु । तर भर्खर बन्दै गरेको हुनाले उहाँहरुले देख्न सक्नु भएको छैन । उहाँहरुको पुरानो बाटो हो । पुरानो बाटो हिँडेर नयाँ गन्तव्यमा पुग्न सकिँदैन । विस्तारै उहाँहरुले पनि बुझ्नु हुन्छ ।

पञ्चायतमा अहिलेका ठूला भनिएका कांग्रेस र कम्युनिष्ट पनि त हारेका थिए । तर आज आइपुग्दा उनीहरु नै ठूला छन् । हिजो माओवादी आन्दोलन सुरु गर्दा कांग्रेस र एमाले ठूला थिए । पछि माओवादी पनि ठुलो भयो । हो, हामी पनि एक दिन ठूलो पार्टी बन्छौँ । आगामी निर्वाचनसम्ममा जनताले नयाँ राजनीतिक शक्तिको आवश्यकता बोध गर्छन् । हामी त्यतिबेलाका निम्ति तयारी गर्दैछौँ।

आफ्नो भविष्य यस्तो उज्ज्वल देख्दै गर्दा नेकपाको भविष्यचाहिँ कस्तो देख्नुहुन्छ ?

कम्युनिष्ट पार्टीको जुन सैद्धान्तिक आधार हो, त्यो भनेको निजी सम्पत्तीको उन्मुलन, भिन्न वर्गलाई उन्मुलन गर्नका लागि एउटै वर्गको अधिनायकत्व, केन्द्रमुखि पार्टी । लोकतन्त्र पनि एक दलीय होइन बहुदलीय लोकतन्त्र अँगाल्ने भन्नुहुन्छ । तर नाम चाहिँ फेरि कम्युनिष्ट पार्टी राख्नुहुन्छ ।

कम्युनिष्ट भनेको के हो पहिला त्यो बुझ्नु पर्यो । कम्युनिष्ट भनेको सर्वहारा अधिनायकत्व हो कि, होइन ? निजी सम्पत्ती उन्मुलन गर्ने अवधारणा हो कि, होइन ? कि त हाइन भन्नु पर्यो उहाँहरुले ।

त्यसो हो भने कम्युनिष्ट पार्टी किन भन्ने ? कम्युनिष्ट पार्टी भन्ने हो भने काम एउटा गर्ने नाम अर्को राख्ने गर्दाखेरि ठूलो अन्तरद्वन्द्वमा फस्नुहुन्छ । त्यस कारण नेकपाको भविष्य म त्यति उज्ज्वल देख्दिन ।

उहाँहरुलाई पनि मैले अब यो बाटो ठीक छैन भनेकै हो, मान्नु भएन । यो कुरा जनताले बिस्तारै बुझ्छन् र नयाँ विकल्प खोज्छन् ।

तपाईँलाई पनि उहाँहरुले पछुताउनु पर्छ भन्नु भएको थियो, यतिका समय बित्यो पछुतो कत्तिको छ ?

पछुतो मान्ने कुरै होइन । बाटो ठीक र बेठिक भन्ने पो कुरा हो त । गन्तव्य निर्धारण गरेर त्यहाँ पुग्ने बाटो कुन हो भनेर लाग्ने हो। म एउटा विज्ञानको विद्यार्थी, विज्ञानका नियमहरु बुझ्छु। समाज विज्ञान र प्रविधि विज्ञानको नियम बुझ्छु ।

आगामि दिनमा मानव विकास र विश्व कतातिर जान्छ भन्ने कुरो मेरो दिमागमा चित्र छ । त्यसैको आधारमा मैले नयाँ विकल्पको कुरा गरिरहेको छु । भोलि इतिहासले फैसला गर्छ, को ठीक बाटोमा थियो, को गलत बाटोमा थियो भन्ने ।

यो पनि पढ्नुहोस्

‘केपी ओलीसँग देश बनाउने क्षमता नै छैन, क्लियर भिजनको अभाव छ’

‘केपी ओलीसँग देश बनाउने क्षमता नै छैन, क्लियर भिजनको अभाव छ’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?