
उत्तर कोरिया र दक्षिण कोरियाले आउँदो फेब्रुअरीमा हुने शीतकालीन (विन्टर) ओलम्पिकमा साझा झण्डा लिएर मार्च गर्ने भएका छन् ।
दुई कोरियाका अधिकारीबिच भएको वार्तामा दक्षिण कोरियाको प्योङच्याङमा हुने विन्टर ओलम्पिकमा साझा झण्डामा मार्च गर्ने सहमति बनेको बिबिसीले जनाएको छ ।
सीमावर्ती शहर पान्मुन्जोममा भएको वार्तामा दुई देशको आइस हकी महिला टिमका सदस्यले एकीकृत कोरियाको झण्डा लिएर मार्च गर्ने सहमति बनेको हो ।
दुई कोरियाबिच पछिल्लो दुई वर्षमा उच्चस्तरीय वार्ता भएको हो ।