सरकारले अनुमोदन गर्‍यो डा. केसीसँगको सहमति

+
-

सरकारले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष चयन गर्न लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको नेतृत्वमा एक छनोट कमिटी गठन गरेको छ।

सरकारले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा जगदीशप्रसाद अग्रवाललाई नै निरन्तरता दिने निर्णयसमेत गरेको छ। बुधबार दिउँसाेको मन्त्रिपरिषद् बैठकले यो निर्णय गरेको स्वास्थ्यमन्त्री दीपक बोहोराले जानकारी दिए।

चिकित्सा शिक्षा आयोगको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था चिकित्सा शिक्षा विधेयकमा छ।

छनोट कमिटीमा प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहने निर्णय भएको छ भने अर्की सदस्यमा दिव्या शाह चुनिएकी छन्।

डाक्टर गोविन्द केसीसँग सरकारले गरेको सहमतिलाई मन्त्रिपरिषद् बैठकले अनुमोदनसमेत गरेको छ।

बैठकले आइओएमका डिन अग्रवाललाई निरन्तरता दिन त्रिभुवन विश्वविद्यालयलाई निर्देशन दिने निर्णय गरेको हो।

 

सम्बन्धित समाचारहरु…

यस्तो छ डा. केसी र सरकारबीच भएको सहमति, १० बजे अनशन तोड्दै

डा. केसी र सरकारबीचको सम्झौता कार्यान्वयन नहुने संकेत

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?