प्रदेश पाँचका अध्यक्षसँग कुराकानी- शपथपछि काममा खटिन्छु

प्रदेश पाँचका अध्यक्षसँग कुराकानी- शपथपछि काममा खटिन्छु
+
-

दाङ– बुधबार सम्पन्न मन्त्रिपरिषद् बैठकले पाँच नम्बर प्रदेशको प्रमुखमा जनकपुर छिरेश्वर नगरपालिका वडा नं. ४ निवासी उमाकान्त झालाई तोकेको छ। झा नेपालका पूर्व प्रशासक तथा पूर्व मन्त्री हुन्। यिनी अन्तरिम चुनावी मन्त्रिपरिषद् २०६९ मा मन्त्री बनेका थिए।

उमाकान्त झाले मुख्य सचिवमा लिलामणि पौडेलको नियुक्तिप्रति असहमति जनाउँदै राजीनामा दिएका थिए। उद्योग सचिवको रूपमा कार्यरत रहँदा उनले राजीनामा दिएका हुन्। देशसञ्चारका दशरथ घिमिरेले प्रदेश प्रमुख झालाई सम्पर्क गरी काम कसरी अघि बढाउनुुहुन्छ भनी सोधेका छन्।

प्रश्नः सर्वप्रथम यहाँलाई बधाई तथा शुभकामना।

उत्तरः यहाँलाई धन्यवाद।

प्रश्नः सरकारले यहाँलाई पाँच नम्बर प्रदेशको प्रमुखको रुपमा नियुक्त गरेको छ। अब यहाँले कसरी काम अघि बढाउनुहुन्छ?

उत्तरः आज बसेको क्याबिनेटको बैठकले पाँच नम्वर प्रदेशको प्रमुखको रुपमा नियुक्त गरेको जानकारी पाएको छु। पहिला त सपथग्रहण हुनुपर्‍यो। सपथग्रहण भएपछि प्रदेशको काममा खटिनुपर्छ।

प्रश्नः यहाँको वसोवास कहाँ छ?

उत्तरः अहिले त काठमाडौँमा छ। मेरो जन्मघर छिरेश्वर नगरपालिका वडा नं. ४ जनकपुर हो।

प्रश्नः तपाईँलाई सवैले चिन्नुपर्दा … ?

उत्तरः म ३४ वर्षसम्म सरकारी सेवामा रहेँ। सिचाइँ मन्त्रालय, भौतीक पूर्वाधार मन्त्रालयमा सचिव भएर काम गरेको हुँ। सचिवबाट  राजीनामा दिएर म राजनीतिमा आएको हुँ। ऊर्जामन्त्री, सिचाइँमन्त्री र वातावरणमन्त्री भइसकेको छु। दोस्रो संविधान सभामा तराई मधेस लोकतान्त्रिक पार्टिको केन्द्रीय सदस्य थिएँ, अहीले राजपा पार्टी भएपछि त्यसको महामन्त्री छु।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?