
काठमाडौं- यसपटकको नेपाल आइडल सिजन-२ का विजेता कञ्चनपुरका रवि ओड बनेका छन्। ग्राण्ड फाइनलमा पोखराका विक्रम बराल, झापाका सुमित पाठक र अस्मिता अधिकारीलाई पछि पार्दै ओड विजेता भएका हुन्।
रविले होण्डा गाडि र नगद रु २२ लाखको चेक पाएका छन भने वर्ल्ड टुरको यात्रामा जाने मौका पाएका छन्।
इन्जिनियरिङ क्याम्पस पुल्चोकको ग्राउन्डमा भएको फाइनल कार्यक्रममा पोखराका बिक्रम बराल दोस्रो र झापाका सुमित पाठक तेस्रो भएका छन्।
यस्तै झापाकै अस्मिता अधिकारी तेस्रो भएकी छिन्।