
नयाँ दिल्ली – भारतीय सेनाको सामरिक बल कमानले सतहबाट सतहसम्म मार हान्न सक्ने मध्यम दूरीको व्यालिस्टिक मिसाइलको एकीकृत परीक्षण केन्द्र आइटिआरको लञ्चप्याड नम्बर–४ बाट लञ्च गरिएको छ।
भारतीय रक्षा मन्त्रालयका अनुसार मिसाइलको परीक्षण उपयोगकर्ता प्रशिक्षण अभ्यासको भागको रुपमा गरिएको हो।
मिसाइलमा उडानको गडबडीको आफैँ समाधान गर्ने र मार्गदर्शन गर्ने नवीनतम विशेषता रहेको छ। अत्याधुनिक एवियोनिक्स, पाँचौँ पिढीको अनबोर्ड कम्प्यूटर र डिस्ट्रिब्यूटेड आर्किटेक्चर टेक्निकको लेस पनि रहेको छ।