स्वास्थ्य शिविरमा निशुल्क उपचार

स्वास्थ्य शिविरमा निशुल्क उपचार
+
-

विराटनगर – फिजियोथेरापीका लागि आकर्षणको विन्दु बन्दै आएको विराटनगरको स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले ९० वर्षिया एक बृद्धाको उपचार गरेको छ।

प्रतिकुल मौसम र बढ्दो चिसोसँगै विराटनगर १० की विष्णुमाया खनाललाई घुडाको समस्या रहेको थियो। थेरापी गराउने क्रममा केही राहत महसुस भएको ९० वर्षीया खनालले बताइन्। उपचारका लागि परामर्श तथा औषधी निःशुल्क पाएकी बृद्धा खनालले उपचारका क्रममा ३० प्रतिशत छुट पाएकी थिइन् । अस्पतालका सञ्चालक रुपेश अधिकारीका अनुसार, विराटनगरमा अस्पताल चौथोवर्षमा प्रवेश गरेको अवसरमा निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरिएको हो ।

मंगलबारसम्म राखिएको यस शिविरमा दुर्गम क्षेत्रका बिरामी तथा ६० वर्ष भन्दा माथि उमेर समूहका लागि उपचारमा ३० प्रतिशत छुटको व्यवस्था गरिएको उनले बताए। उपचारका लागि झापा, मोरङ, सुनसरी, भारतीय क्षेत्र जोगबनी, फारविसष्ञ्जबाट समेत गरि आइतबार ९४ जना महिला र ५४ जना पुरुषले उपचार सेवा लिएको अस्पतालले जनाएको छ।

अस्पतालले ५ सय व्यक्तिको निःशुल्क स्वास्थ्य जाँच गर्नुका साथै औषधी निःशुल्क वितरण गर्ने क्रममा सञ्चारकर्मी तथा सञ्चारकर्मीका परिवारलाई अस्पतालमा उपलब्ध सबै सेवामा ५० प्रतिशत छुट दिएको छ।

एक्युपे्रसर, अक्युपंञ्चर, मेन्युपुलेसन थेरापी, इलेक्ट्रो थेरापी लगायतको उपचार गर्दै आएको अस्पताल विगत तीनवर्षदेखि विराटनगरमा सञ्चालनमा रहेको छ। त्यसैगरि, स्पार्कले विगत विगत २७ वर्षदेखि काठमाडौंमा नशा सम्बन्धी समस्याबाट पीडित विरामीको उपचार गर्दै आएको छ। त्यसैगरि स्पार्कले काठमाडौं, विराटनगर, दमौली, पोखरा, धरान र विर्तामोडमा शाखा विस्तार गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?