
काजखस्तान- काजखस्तानमा बसमा आगलागी हुँदा ५२ जनाको ज्यान गएको छ। पाँचजना शकुसल बाहिर निस्कन सफल भएका छन्।
उद्धारकर्ताले उनीहरुलाई प्राथमिक उपचार गरी थप उपचारका लागि नजिकैको अस्पताल लगेका छन्।
काजखस्तानको उत्तर पश्चिमी क्षेत्रमा नेपाली समय अनुसार सवा दश बजे बसमा आगलागी भएको काजखस्तानका आन्तरिक मामिला मन्त्रालयले जनाएको छ।
एक्तोबे क्षेत्रको ईगिज जिल्लामा यो दुर्घटना भएको हो । बसमा उज्वेकिस्तान नागरिक रहेको अनुमान छ।
उनीहरु रुसबाट आउँदै वा रुस जाँदै गरेको हुन सक्ने स्थानीय सञ्चारमाध्यमलाई उद्धृत गर्दै बिबिसीले जनाएको छ।
उज्वेकिस्तानका आप्रवासी मजदुर रुसको निर्माण क्षेत्रमा जाँदै गरेको हुन सक्ने खबरमा उल्लेख गरिएको छ।
बसमा ५५ यात्रु तथा चालक दलका दुई सदस्य रहेको समाचार संस्था एएफपीले जनाएको छ ।