नेपाल युएईसँग सात विकेटले पराजित

नेपाल युएईसँग सात विकेटले पराजित
+
-

काठमाडौं- आईसिसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत सातौं चरणको पहिलो खेलमा नेपाल युएईसँग सात विकेटले पराजित भएको छ। पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर दुई सय २१ रन जोडेको थियो।

यूएईले प्राप्त लक्ष्य ४५.५ ओभरमा तीन विकेट गुमाएर पुरा गर्‍यो । यूएईका विकेटकिपर घुलाम सब्बरले अविजित रहँदैं सर्वाधिक ८१ जोडे । कप्तान तथा ओपनर रोहन मुस्ताफाले ६२, रमिज सेहजादले ३७ र मुहमद उसमानले अविजित १७ रन बनाए।

युएईले पहिलो विकेटका लागि ४२ रनको साझेदारी गर्दै मध्यम सुरुवात गरेको थियो। घरेलु टोलीले दोस्रो विकेटका लागि ८१ रनको साझेदारी गर्‍यो । तेस्रो विकेटका लागि ६७ रनको साझेदारी भयो । यूएईका ब्याट्सम्यान सामु नेपाली बलरहरु फितलो देखिए । नेपालका सन्दिप लामिछाने र शरद भेषावकरले एक एक विकेट हात पारे ।

यस अघि सुरुवातमा सुस्त ब्याटिङ गरेको नेपाली टोली अन्तिम समयमा केही आक्रामक बनेको थियो । नेपालको पालीमा शरद भेषावकरले सर्वाधिक ८१ रन जोडे । तेस्रो नम्बरमा ब्याटिंगमा आएका शरदले ९५ बलमा पाँच चौका प्रहार गरे। ज्ञानेन्द्र मल्लले ५४,पारस खड्काले २०, सोमपाल कामीले २०, दिलिप नाथ १६, बसन्त रेग्मी १४, विनोद भन्डारी चार र आरिफ शेख शून्यमा आउट भए।

नेपालले पहिलो विकेटका लागि ४३ रनको साझेदारी गरेको थियो। ज्ञानेन्द्रले ८३ बलमा ६ चौका प्रहार गरे । एक सय २२ रन जोड्दा दुई विकेट गुमाएको नेपाली टोलीले एक सय ३४ रन जोड्दा पाँच विकेट गुमाईसकेको थियो । नेपालले छैटौं विकेटका लागि ४७ रनको साझेदारी गर्‍यो।

नेपालले २९ औं ओभरमा मात्र एक सय रन पुरा गरेको थियो, त्यतिबेलासम्म नेपालले दुई विकेट मात्र गुमाएको थियो। नेपालले सुरुको १० ओभरमा केवल २९ रन जोडेको थियो। नेपाल र युएईबीचको दोस्रो तथा अन्तिम खेल शुक्रबार हुने छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’