रवि ओडलाई मातृ शोक

नेपाल आइडल बनेपछि आमासँग ३० मिनेट मात्रै बसेका थिए रवि

नेपाल आइडल बनेपछि आमासँग ३० मिनेट मात्रै बसेका थिए रवि
+
-

धनगढी -८ वर्षको बाल्य अवस्थामा नै आफूलाई जन्मदिने आमा गुमाएका नेपाल आइडल सिजन–२ का विजेता रवि ओडले कर्मदिने आमा पनि गुमाएका छन् । नेपाल आइडल भएको खुसी राम्ररी बाँड्न नपाउँदै उनले कर्म दिने आमा गुमाएका हुन्।

२०५४ सालमा कन्चनपुर जिल्लाको कृष्णपुर नगरपालिका गुलरियामा बुवा राजेन्द्र ओड र आमा उमा ओडकोे कोखबाट जन्मिएका रविले ८ वर्षको उमेरमै आमालाई गुमाएका थिए ।

नेपाल आइडल बनेपछि रवि सोमबार मात्रै धनगढी पुगेका थिए । सोमबारदेखि सम्मान तथा बधाई थाप्न व्यस्त रहेका रवि मंगलवार बिहान आफ्नो घर पुगेका थिए ।

घरपरिवार र आफन्तसँग करिव आधा घण्टा मात्रै विताएका रवि त्यसपछि कृष्णपुर नगरपालिका, वेदकोट नगरपालिका र भिमदत्त नगरपापिलिकाले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममै व्यस्त थिए ।

मंगलवार महेन्द्रनगरमै बसेका रविले बिहान पनि विभिन्न बधाई तथा सम्मान कार्यक्रममा सहभागि भएर घर पुग्ने र दिउँसो काठमाण्डौँ फर्कर्ने कार्यतालिका थियो ।

तर, जन्मदिने आमाको मृत्युपछि आमाको अभाव हुन नदिई पालनपोषण र हुर्काउने ४५ वर्षकी आमा विष्णादेवीलाई करेन्ट लागेको एक बिहानै खबर थाहा पाए ।

करेन्ट लागेर घाइते आमालाई उपचारका लागि धनगढी ल्याइयो । कञ्चनपुरमा रहेका रवि पनि अस्पतालका लागि हिँडे ।

उनले बाटैबाट अस्पतालका चिकित्सकलाई फोन गरेर आफू आइरहेको र जसरी भएपनि आफ्नी आमालाई बचाई दिन आग्रह गरेका थिए ।

तर …


रविले चिकित्सकलाई फोन गर्दा उनकी आमा विष्णाले संसार छोकिसकेकी थिइन् । अस्पताल पुग्नु अगाडि नै उनको मृत्यु भइसकेको चिकित्सकहरुले जानकारी दिए ।

बिहान ७ बजे छिमेकीको पानी तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेर घाइते भएकी विष्णादेवीलाई अत्तरीयामा उपचार हुन नसकेपछि धनगढीको सेती अञ्चल अस्पतालमा ल्याईएको थियो । सेती अञ्चल अस्पतालमा पुर्‍याएलगत्तै चिकित्सकले मृत घोषित गरेका थिए ।

मृतक विष्णाको शवलाई अहिले घरमा लगिएको छ। बुधबार नै गोदावरी घाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । रविका बुवा भने २५ वर्षदेखि भारतको गुजरातमा ‘वाचम्यान’ को काम गर्दै आएका थिए ।

उनी पनि बुधबार श्रीमतीको मृत्यु भएको खबरपछि नेपाल फर्कने तयारीमा छन् ।

यो पनि पढ्नुहोस्

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

नेपाल आइडल रवि ओडकी आमाको करेन्ट लागेर मृत्यु

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?