
पोखरा – लमजुङ जिल्लाको सुन्दर बजार नगरपालिकाका ४५ वर्षीय लेखापाल श्याम पराजुली कुटिएका छन्।
नगरपालिका वडा ६ स्थित कार्यकक्षमै काम गरिरहेको अवस्थामा सोही ठेगानाका ३५ वर्षीय नवीन श्रेष्ठले लेखापाल पराजुलीको अनुहारमा मुक्का प्रहार गरेको जिल्ला प्रहरी कार्यालय लमजुङले जानकारी दिएको छ।
घाइते लेखापाल पराजुलीलाई उपचारको लागि तत्काल सामुदायिक अस्पताल पठाइएको प्रहरीले जनाएको छ।
के–कति कारणले लेखापाल पराजुलीमाथि जाइलागेको भन्ने खुल्न सकेको छैन। मुक्का प्रहार गर्ने नवीन श्रेष्ठको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।