
चीनले चन्द्रमाको अहिलेसम्म अध्ययन नभएको क्षेत्रको अध्ययनका लागि पठाएको अन्तरिक्ष यान सफलतापूर्वक अवतरण भएको जनाएको छ । चीनले पठाएको रोबर्टिक अन्तरिक्ष यान चन्द्रमाको दूर क्षेत्रमा अवतरण भएको हो ।
नेपाली समय अनुसार बिहान ८ बजेर ११ मिनेटमा चाङ्ग–४ नाम गरेको यान अवतरण भएको चीनको सरकारी समाचार संस्थाले जनाएको छ । यान चन्द्रमाको दक्षिणी ध्रबुमा अवतरण भएको हो।
#BREAKING: China’s Chang’e-4 probe successfully made the first-ever soft landing on the far side of the Moon on the South Pole-Aitken basin Thursday morning, a major milestone in space exploration. #ChangE4 pic.twitter.com/mt2YTWqlxs
— Global Times (@globaltimesnews) January 3, 2019
यानमा चन्द्रमाको सो क्षेत्रको भूगर्भबारे अध्ययन गर्ने उपकरणहरु छन् । यस्तै बायोलोजिकल अनुसन्धानका लागि आवश्यक पर्ने उपकरणहरु पनि छन् ।
यान अवतरण हुनु अन्तरिक्ष अध्ययनमा ठूलो कोशेढुंगा बन्ने चीनको सरकारी समाचार संस्थाले बताएको छ ।