
क. र अ.मा छ
उडाउने इन्धन
बन्धुको वाणी !
‘धमिजा’ धन्य
चालीस करोडको
घाटा अमान्य !
‘चेस एयर’
नैा करोड घाटामा
‘नो नट् फेयर’ !
बाइस क.को
चैना साउथ वेष्ट
अल द बेष्ट !
लाउडा चलो
दो अरब ले जाओ
मस्त हो जाओ!
चैाडा त हो नै
चोक्टापनि तिख्खर
‘वाइड बडी’ !
लाखमा के छ !
करोड र अरब
सबथोक छ।
कस्तो देखियो ?
चार अ. पैतीस क.
ऐनामा हेर ।
हिँड्नेहरु नै
गुड्न बिर्सेसि जाग्यो
उड्नुको भोक ।
सिकाउने उ
गुड्दा गुड्दै उडेछ
उड्दै खसेछ्।
धर्ती बिर्सने
जुन जोगी आए’नि
आकासै ताक्ने !
‘काण्डै-काण्ड’को
‘जरा’ काटेपछि नै
नयाँ उमार्नू।
जहाज चड्दै
खोतल्दै गयैा भने
‘क्षितिज’ खुल्छ।
नयाँ नेपाल
नयाँ जहाज जस्तै
भ्रष्ट आहाल