
मार्को एसेन्सिओले अन्तिम समयमा गरेको गोलको मद्दतमा रियल मड्रिड विजयी भएको छ । स्पेनिस कोपा डेल रे फुटबल अन्तर्गत बिहीबार राति अवे मैदानमा भएको क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले अर्को ला लिगा क्लब लेगानेसलाई १–० ले हराएको हो ।
खेलको अन्तिम समयसम्म गोलरहित बराबरी रहेको खेलमा ८९ औँ मिनेटमा एसेन्सिओले गरेको गोल रियलको जितमा निर्णायक बन्यो ।
जिनेदिन जिदानको टिम रियल मड्रिड क्रिष्टियानो रोनाल्डो, ग्यारेथ बेल, मार्सेलो, करिम बेन्जिमासहितका स्टार खेलाडी बिना नै खेलेको थियो ।
स्टार खेलाडी नभए पनि अन्तिम समयमा एसेन्सिओले गरेको गोलले रियल मड्रिडलाई जित दिलायो । दोस्रो लेग जनवरी २४ मा रियलको मैदानमा हुनेछ ।