प्रदेश २ का प्रमुखले भने- जनकपुरलाई स्वीकार गरौँ, विरोधको तुक छैन

प्रदेश २ का प्रमुखले भने- जनकपुरलाई स्वीकार गरौँ, विरोधको तुक छैन
+
-

प्रदेश २ प्रमुख रत्नेश्वरलाल कायस्थले विगतको अनुभवलाई सँगालेर विकासको काममा योगदान दिने बताएका छन्। प्रदेश प्रमुखको नाताले विकास निर्माणका विषयमा आफूले मुख्य भुमिका निर्बाह गर्ने उनको प्रतिवद्धता छ। यस्तै राजधानीको विषयमा जारी रहेको विवादको विषयमा पनि नआत्तिन उनले अाग्रह गरेका छन्।

देशसञ्चार संवाददाता प्रतिभा झाले कायस्थसँग गरेको कुराकानी।

प्रदेश २ को प्रमुखको नाताले अब तपाईँका प्राथमिकता के हुन्?  

एउटा प्रदेश प्रमुखको नाताले आफ्नो मुख्य कार्य विकासमा योगदान दिने हो। मैले २०२१ सालमा नेपाल सरकारको कृषि मन्त्रालयमा समेत काम गरेकोले अब उक्त अनुभवलाई विकास निर्माणमा प्रयोग गर्छु। प्रदेश प्रमुखको बैठकमा पनि आफ्नो सल्लाह र योगदान यसैतिर हुने विश्वास छ।

प्रदेश २ को केन्द्र जनकपुरलाई तोकियो तर यहाँ विकासको अवस्था अति नै कमजोर छ।

‘मान्छे बिरामी हुँदा जिउको सबै अंगमा पीडा हुन्छ तर यहाँ दुख्यो त्यहाँ दुख्यो भन्दैमा औषधी खाँदा झन अवस्था बिग्रिने सम्भावना हुन्छ। हो, अहिले प्रदेश २ को अवस्था पनि यस्तै छ। विकासमा कमजोर छ तर यसपछाडि एकदुई कारण नभई थुप्रै कारण र समस्याहरु छन्।

सुधार गर्ने मुख्य कुराहरु के के हुन सक्छ?
यहाँको विकास गर्ने मुख्य विषयहरु भौतिक तथा आधारिक संरचना, सडक निर्माण र जलस्रोत हो। धुलाम्य सडकले वातावरण नै अस्वस्थ बनेको छ। त्यसैले, आफूले सँगालेको अनुभव र प्रदेशसभामा निर्णय भएपछाडि तोकिएको बजेटअनुसार निर्णय गर्नुपर्छ। सबैभन्दा पहिला सडक विस्तार र प्रदूषण न्यूनीकरणमा ध्यान दिनुपर्छ।

यहाँका सम्भावित चुनौतीहरु?
मेरो काम २ नम्बर प्रदेशका लागि मात्रै नभई समग्र देशकै हितको लागि हुनेछ। तर, प्रदेश २ को प्रमुखको नाताले यस क्षेत्रमा पर्ने केही जिल्लाहरुमा बर्षायामको समयमा प्रत्येक बर्ष बाढीले भइरहेको धनजनको क्षति र सुख्खा मसममा हुने आगलागीको समस्यालाई समाधान गर्ने मेरो चुनौती हो। चुनौती त सबै क्षेत्रमा छ तर प्रत्येक वर्ष आउने प्रकोपलाई कसरी रोक्ने भने गम्भीर विषय हो।

प्रदेश २ को राजधानी वीरगञ्ज नै हुनुपर्छ भनेर वीरगन्जवासी आन्दोलित छन्। यसको समाधान कसरी हुन्छ ?

जनकपुरलाई प्रदेश नम्बर २ को राजधानी सरकारले तोकेको हो यस्तोमा वीरगञ्जवासीले जारी राखेको प्रदर्शन र आन्दोलनको कुनै औचित्य छैन। यो निर्णय सरकारले गरेको हो। सरकारलाई प्रदेशको कार्यालयको लागि चाहिने सेवासुविधा, जग्गा तथा भवन र सबैलाई पायक पर्ने ठाउँ जनकपुर उपयुक्त लागेको छ। त्यसैले प्रदेश २ को केन्द्रको रुपमा पनि जनकपुर नै तोकिएको छ। राजधानी कुनै एकठाउँमा मात्र हुन सक्छ, त्यसैले सरकारको निर्णय जे हुन्छ, त्यसलाई स्वीकार गरौँ। आत्तिएर आन्दोलन र प्रदर्शन पछाडि लाग्नुको कुनै अर्थ छैन।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?