किशोरावस्था अब १९ होइन, २४ वर्षसम्म

किशोरावस्था अब १९ होइन, २४ वर्षसम्म
+
-

किशोरावस्था १० देखि २४ वर्षसम्म रहने वैज्ञानिकले बताएका छन् । अहिलेसम्म १९ वर्षमै किशोरावस्था टुंगिने मानिँदै आएको भए पनि पछिल्ला वर्षमा गरिएका विभिन्न अनुसन्धानबाट किशोरावस्था २४ वर्षसम्म रहने देखिएको वैज्ञानिकले बताएका हुन् ।

विद्यालय तथा क्याम्पस तहको अध्ययनको अवधि बढ्नु, ढिलो विवाह तथा अभिभावकले छोराछोरी हुर्किसकेपछि पनि ख्याल गर्नुले व्यक्तिको वयस्क अवस्था सुरु हुन ढिलो भएको वा किशोरावस्था लामो समयसम्म कायम रहेने देखिएको अनुसन्धानमा संलग्न वैज्ञानिकले बताएका हुन् ।

ल्यानसेट चाइल्ड एण्ड एडोलेसेन्ट हेल्थ जर्नलमा प्रकाशित अनुसन्धान प्रतिवेदनमा किशोरावस्था सम्बन्धी फेरिएको परिभाषा तथा अवधिलाई कानुन तथा सरकारी नियममा समायोजन गर्नु आवश्यक रहेकोमा जोड दिइएको छ । तर केही विशेषज्ञले भने नयाँ परिभाषाले युवालाई थप निष्क्रिय बनाउने देखिएको बताएका छन् ।

मस्तिष्कमा रहने हाइपोथालामसले हर्मोन प्रशार गर्न थालेपछि शरीरको पिट्युटरी र गोनाडल ग्ल्याण्डसलाई क्रियाशील बनाउन थालेपछि यौवन अवस्था सुरु हुन्छ ।

यौवन अवस्था सामान्यतया १४ वर्षमा सुरु हुने अनुमान गरिए पनि पछिल्लो समय हर्मोनले छिटो काम गर्न थालेकाले १० वर्षमै यौवन अवस्था सुरु हुन थालेको छ ।

यसले गर्दा किशोरीहरुको महिनावारी सानै उमेरमा हुने गरेको छ। अहिले आधा भन्दा धेरै किशोरीको महिनावारी १२ वा १३ वर्षमै सुरु हुने गरेको छ।

शरीरको वृद्धि विकास हुने समय बढ्दै गएका कारण पनि किशोरावस्था लम्बिएको अनुसन्धानकर्ताले बताएका छन् । सामान्यतया मस्तिष्कको विकास २० वर्ष भित्रमा भइसकेको हुन्छ । तर पछिल्ला वर्षमा मस्तिष्कको विकास नै २५ वर्षसम्म हुने गरेको पाइएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?