न्युजिल्याण्डकी अविवाहित प्रधानमन्त्री गर्भवती!

न्युजिल्याण्डकी अविवाहित प्रधानमन्त्री गर्भवती!
+
-

न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अ्रडेर्नले आफू गर्भवती रहेको सार्वजनिक गरेकी छन्।

प्रधानमन्त्री अ्रडेर्नले आफू र प्रेमी (पार्टनर) क्लाके गेफोर्ड आउँदो जुनमा सन्तानको स्वागत गर्ने जानकारी दिएकी हुन्। बच्चा जन्मिएपछि ६ हप्ता सुत्केरी बिदा बस्ने योजनामा रहेको प्रधानमन्त्री अ्रडेर्नले बताएकी छन्।

प्रधानमन्त्री अ्रडेर्नले इन्स्टाग्राम मार्फत आफू गर्भवती रहेको बताएकी हुन्। ३७ वर्षकी अ्रडेर्न चुनाव जितेर कार्यकालमै रहँदा बच्चा जन्माउने विश्वको दोस्रो नेता तथा पछिल्लो २७ वर्षमा पहिलो नेतृ हुने छिन्।

सन् १९९० पाकिस्तानको प्रधानमन्त्री रहेका बेला बेनजिर भुट्टोले छोरी जन्माएकी थिइन्। उनी राजपरिवार बाहेक कार्यकालमै रहेका बेला बच्चा जन्माउने पहिलो निर्वाचित नेता रहेको मानिन्छ।

अ्रडेर्न गएको अक्टोबरमा सेन्टर–लेफ्ट गठबन्ध बनाएपछि न्युजिल्याण्डको प्रधानमन्त्री बनेकी थिइन्। उनी सन् १८५६ पछि कम उमेरमा प्रधानमन्त्री बन्ने न्युजिल्याण्डको पहिलो व्यक्ति हुन्।

अ्रडेर्नको लेबर पार्टी गएको सेप्टेम्बरमा भएको चुनावमा दोस्रो पार्टी भएको थियो। कुनै पनि पार्टीले बहुमत नल्याएकाले अ्रडेर्न गठबन्धन बनाएर प्रधानमन्त्री बनेकी हुन्। उनी न्युजिल्याण्डको तेस्रो महिला प्रधानमन्त्री हुन्।

अ्रडेर्नले आफू गर्भवती रहेको खुलाएपछि विश्वका नेतासहित धेरै उनलाई शुभकामना दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?