प्रदेशसभामा पुगे दीपक मनाङे

दीपक मनाङेसँग मुख्यमन्त्रीः हात मिलाए, हालखबर सोधे र चिया अफर गरे

दीपक मनाङेसँग मुख्यमन्त्रीः हात मिलाए, हालखबर सोधे र चिया अफर गरे
+
-

पोखरा – पुस २२ गते आइतबार गण्डकी प्रदेश सभामुख नेत्रनाथ अधिकारीको संयोजकत्वमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले मनाङ (ख)बाट निर्वाचित राजीव गुरुङ उर्फ दीपक मनाङेलाई सपथ खुवाउन कानुनी बाधा रहेको निस्कर्ष निकाल्यो। त्यसको एकदिनपछि अर्थात् सोमबार मनाङे प्रदेशसभा पुगे।

पुस ६ गते सर्वोच्चको फैसलाले मुद्दा पुनरावलोकनका लागि डिल्लीबजार कारागारबाट थुनामुक्त मनाङे सपथ खान पाइने आश लिएर प्रदेशसभामा निवेदन दर्ता गराएको भएपनि कानुनी समस्या देखाउँदै सभामुखले पन्छाइदिएपछि उनी रन्थनिँदै सोमबार प्रदेशसभाको बैठक बस्नुअघि नै त्यहाँ मौजुद थिए।

दिउँसोको १ बजे प्रदेश सभामा तेस्रो अधिवेशन सञ्चालन हुनुअगावै सभामुख नेत्रनाथ अधिकारीको कार्यकक्षमा पुगेर आफ्नो सपथ रोकिनुको कारण सोधेको दीपक मनाङेले जानकारी दिए।

क्यानटिनमा चियाको प्रतिक्षारत मुख्यमन्त्री, दीपक मनाङे लगायत।

प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ अनुसार दफा १३ र १६ बमोजिमका त्यसका उपदफाले व्याख्या गरेका कानुनी व्यवस्थाका बारेमा केही समय सभामुखसँग गफिएको उनले बताए।

सभामुखले मनाङेसँगको छलफलमा के कुराकानी भएको भन्ने बारे खुलाउन चाहेका छैनन्। उनका भए जतिका मोबाइल फोन अफ सुनिन्छन्। प्रत्यक्ष साक्षात्कार गर्न इन्कार गरिरहेका छन्।

मनाङेले सभामुखसँगको छलफलपछि पत्रकारहरुसँगको संक्षिप्त कुराकानीमा कार्यव्यवस्था परामर्श समितिको बैठकले कुनैपनि निर्णय नगरेको सभामुखबाट आफूलाई जानकारी आएको बताए।

पत्रकारहरुले प्रश्नमा ‘सभामुखले बोलेको रेकर्ड छ’ भन्ने जनाएपछि, मिडियाले हावाको भरमा समाचार छापेको आरोप लगाउँदै आफूसँग केही दिन समय मागेको उनले बताए।

बैठकको निर्णय सभामुखबाट आफूले नपाएको उनको भनाई थियो। ‘तपाईहरुले लेखेकै समाचार पढेर थाहा पाएँ’ मुख्यमन्त्री खुलेनन्, मनाङे बोलेनन्।

गण्डकी प्रदेशसभाको आजदेखि तेस्रो (हिउँदे) अधिवेशन प्रारम्भ भएको छ। दिउँसो १ बजे बोलाइएको बैठक आधा घण्टा ढिला गरी मात्रै सुरु भयो।

सो बैठक निरन्तर डेढ घण्टासम्म सञ्चालन भएर ३० मिनेटका लागि स्थगन भएपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ हलबाट बाहिर निस्किए। हिजोमात्रै साताव्यापी भ्रमणबाट हङकङबाट फिर्ता भएका मुख्यमन्त्रीलाई प्रदेश मन्त्री, सांसद, र पत्रकारहरुले घेरे। सँगै प्रदेशसभा हलसँगै आपसमा जोडिएको प्रदेश सचिवालयबाट दीपक मनाङेको प्रवेश भयो।

सांसद, मन्त्री र पत्रकारको एकाएक ध्यान मनाङेतर्फ बढ्यो। क्यामरा र माइक त्यतै सोझिएपनि उनको सायद मुख्यमन्त्रीतर्फ ध्यान भएर होला तत्कालै केही प्रतिक्रिया दिन चाहेनन्। एकछिन दुरीमा रहेर मुख्यमन्त्रीको आफुसम्म आगमनको प्रतीक्षा गरेका मनाङे केही मिनेटको अन्तरालमै स्वयं मुख्यमन्त्री छेउ पुगे। नमस्ते गरे, मुख्यमन्त्रीले चुपचाप नमस्ते फर्काए। हात मिलाएर भने, ‘सञ्चै हुनुहुन्छ?’ मनाङेको संक्षिप्त प्रतिक्रियामा ‘अ ठिकै छु’ भन्ने सुनियो।

३० मिनेट चिया खान छुट्याइएको समय थियो। मुख्यमन्त्री गुरुङले अर्का प्रदेश सांसद राजीव पहारी, उनका राजनीतिक सल्लाहकार गोविन्द नेपालीसहित राजीव गुरुङलाई चिया अफर गरे।

गुरुङ केही कदमअघि बढेपछि उनी मुख्यमन्त्रीको पछिपछि लागे। क्यान्टिनभित्र छिर्दै मुख्यमन्त्री आफैँले दुध चियाको अर्डर गरे। नजिकैको टेबलमा आइपुगे मनाङे, स्याङ्जाबाट निर्वाचित कांग्रेस सांसद भागवतप्रकाश मल्ल र राजीव पहारी। गोलो टेबुलमा रिङै लाएर बसे मुख्यमन्त्रीका राजनीतिक सल्लाहकार र सांसद।

ट्रेमा चिया आयो। दुध चिया मनपर्ने बताउँदै मुख्यमन्त्री गुरुङले एक कप आफ्ना लागि सुरक्षित गरे। ‘चिया लिउँ न’ आशयमा मुख्यमन्त्रीले मनाङेतर्फ इंकित गर्दा आफूले कालो कफी पिउने सुनाए।

सँगै १० मिनेटजति आमनेसामने भएका मुख्यमन्त्री गुरुङसँग मनाङेले आफ्ना कुरा सुनाएनन्। अन्य उपस्थित सबैको ध्यान के बोल्छन् वा मुख्यमन्त्रीले केही भनी पो हाल्छन् कि भन्ने भएपनि। आशय विपरीत केही संवाद भएन। उनीहरुबीच बसेका सांसद राजीव पहारी मुख्यमन्त्रीसँग गलफती गरिरहे।

चिया खाउञ्जेल बैठकको अर्को जनाउ घण्टी बज्यो। कालो कफी आएन। मुख्यमन्त्री बैठकतर्फ लम्किए। मनाङे ‘कालो कफी आएन?’ भन्दै केही आफ्ना शुभेच्छक र पत्रकारहरुसँग गफिए। उनले आफुले सपथ खान नपाएपनि आफ्ना निर्वाचन क्षेत्रका जनतालाई विकासबाट विमुख हुन नदिने बताए।

‘पहिले त सडक थिएन, हवाइजहाजमै भर पर्नुपर्ने थियो। अहिले त हाम्रो मनाङमा पनि सडक पुगेको छ,’ मनाङेले भने। हवाइजहाजको यात्रामा आफूलाई डर लाग्ने भएकाले सडक खुलेपछि आवातजावतमा सुविधा भएको उनले सुनाए। ‘हवाईजहाज त ठिकै हो, एकतिर मात्रै देख्छ, त्यति डर लाग्दैन, त्यो हेलिकप्टरमा त वरिपरि खुला हुँदो रहेछ के!,’ हाँसो गुञ्जियो।

नयाँ फौजदारी संहिताअनुसार १० वर्षभन्दा कम सजाय हुने, मुद्दामा थुनाबाहिर रहेर मुद्दा लड्न पाउने हुँदा मनाङे पुस ६ गते डिल्लीबजार कारागारबाट छुटेका थिए। २०७४ मंसिर १० गतेको प्रदेशसभा निर्वाचनमा निर्वाचित भएको भनेर निर्वाचन आयोगबाट प्रमाणपत्रसहित मनाङेले सपथको लागि निवेदन दर्ता गराएका छन्।

सबै तस्बिरः ईश्वर देवकोटा

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?