
हिउँ आयो हिउँचुलीबाट मेघ आयो मालबाट
स्याउ, नासपती फलुन फुलून यही आउन्या सालबाट
जुम्लीबासीले गाउने यी गीतका भाका जस्तै फेरि लामो समयपछि जुम्लामा हिमपात भएको छ। सोमबार बिहानैदेखि जुम्ला उपत्यकामा हिउँ पर्न थालेको हो।
हिमपातसँगै जुम्ला सेताम्य र रमणीय मात्र भएको छैन, सोनाम ल्होसार मान्ने भोटेलामा हुन् वा आजै चेले तिहार मान्ने खसहरु सहकाल प्रारम्भ भएकोमा हर्षित भएका छन्।
हिउँको सामाजिक, सांस्कृतिक तथा कृषि उत्पादन प्रणालीमा ठूलो महत्व र महिमा रहेको छ। हिउँ साहित्य, संस्कृति र परम्परामा पनि जुम्ला निकै धनी छ।
रामसिंह रावलले तयार पारेको जुम्ला उपत्यकाको मनोरम तस्बिरहरु आफ्नो क्यामरा कैद गरेका छन्।