सम्झौताको डेढ वर्षपछि सेती अञ्‍चल अस्पताल भवनको निर्माण सुरु

सम्झौताको डेढ वर्षपछि सेती अञ्‍चल अस्पताल भवनको निर्माण सुरु
+
-

धनगढी- सेती अञ्‍चल अस्पतालको नयाँ बन्‍ने भवनको निर्माण सम्झौता भएको डेढ वर्षपछि मात्रै निर्माण कार्य शुरु गरिएको छ।

टेण्डर पारित भएर साढे तीन वर्षभित्र निर्माण सम्पन्‍न गरिसक्ने गरी सम्झौता गरेको निर्माण कम्पनीले डेढ बर्ष पछि काम शुरु गरेको हो।

निर्माण कम्पनीले गरिरहेको कामप्रति अस्पताल प्रशासन सन्तुष्ट र शहरी विकास तथा भवन निर्माण कार्यालय असन्तुष्टि जनाएका छन्।

२०७७ बैशाख सम्ममा निर्माण सम्पन्न गरी सेती अञ्चल अस्पताललाई हस्तान्तरण गरिसक्नुपर्ने निर्माण सम्झौतामा उल्लेख छ।

निर्माण कम्पनी रबिना एण्ड थेगिम जेभीले अस्पतालको आकस्मिक कक्ष भन्दा पश्चिमपट्टि निर्माण भइरहेको सो भवनमा पाँच वटा ब्लक बन्नुपर्ने छन्।

अंग्रेजी एल अक्षरको आकारमा निर्माण हुने सो भवनमा सम्झौता अनुसार हालसम्म मिति सम्म ३० प्रतिशत काम पुरा भइसक्नुपर्ने हो।

१८ करोड ७४ लाख मा ठेक्का कबोल गरेको सो कम्पनीले नियम अनुसार पाइने मोबिलाइजेसन पेश्की लिएको छ । नियम अनुसार यस्तो पेश्की सम्पूर्ण ठेक्का रकमको १० प्रतिशत हुन्छ।

शहरी विकाश कार्यालयले पेश्की लिन पूर्व निर्माण कम्पनीले पेश गरेको बैंक ग्यारेण्टीको रकम फिर्ता लिने भन्दै पत्र पठाएपछि मात्रै उसले काम शुरु गरेको शहरी विकास कार्यालयका सूचना अधिकारी इन्जिनियर श्याम बुढाथोकीले बताए। उनले ठेकेदार कम्पनीको काम सन्तोषजनक नरहेको बताए।

समयमै भवन निर्माण सम्पन्न भए बिरामीको उपचारमा सहजता आउने अपेक्षा गरिरहेको अस्पताल प्रशासन पनि ठेकेदार कम्पनीको कामप्रति सन्तुष्ट छैनन्।
निर्माण कम्पनीको काम कछुवा गतिमा भइरहको भन्दै अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डेले ५ ब्लक बन्नुपर्नेमा जम्मा दुई ब्लकमा काम शुरु भएको बताए।

बिरामीको चाप अत्यधिक रहेको अस्पतालमा पूर्वाधार निर्माणको गति सुस्त भएका कारण सेवा सुविधाहरु थप गर्न समस्या भइरहको समेत डा. पाण्डेले गुनासो गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?