गण्डकी प्रदेशसभा बैठकमा दुई विधेयक पेश

गण्डकी प्रदेशसभा बैठकमा दुई विधेयक पेश
+
-

पोखरा- गण्डकी प्रदेशसभाको विहीबारको बैठकमा दुई विधेयक पेस भएको छ। सभामा विधायन समितिका सभापति मोहनप्रसाद रेग्मीले सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस गरे।

प्रदेश सभाको दोस्रो अधिवेशनका क्रममा गएको भदौ ३१ गते बैठकको निर्णयानुसार दफाबार छलफलका लागि सहकारी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक समितिमा पठाइएको थियो।

सोही बैठकमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले पेस गरेको उक्त विधेयक उपर सांसदले धारणा राख्ने क्रममा संविधानले कल्पना गरे अनुरुपको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणमा सघाउ पुर्‍याउने किसिमको विधेयक बनाइनुपर्नेमा जोड दिएका थिए।

विभिन्न मितिमा ६ पटक समितिको बैठक बसी दफाबार छलफल सकि प्रदेश सभामा पेस गरिएको सभापति रेग्मीले सुनाए। विधेयकका सम्बन्धमा जिल्ला सहकारी संघ अध्यक्ष, विज्ञ साथै सरोकारवालाहरुसँग अन्र्तक्रियाबाट केही संसोधन सहित ल्याइएको रेग्मीले जानकारी दिए।

त्यस्तै, सभाले विधायन समितिमा दफाबार छलफलका लागि पठाइएको वर, पीपल र चौतारो संरक्षण तथा व्यवस्थापन गर्न बनेको विधेयक पेस भएको छ।
बागलुङ निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेशसभामा राष्ट्रिय जनमोर्चाबाट प्रत्यक्ष निर्वाचित प्रदेशसभा टेकबहादुर घर्तीमगरको मंसिर २७ गते ४७ वर्षको उमेरमा असामयिक निधन भएकाले सो क्षेत्रमा प्रदेशसभा सदस्य पद रिक्त रहेको सभामुख नेत्रनाथ अधिकारीले जानकारी गराएका थिए। आगामी बैठक माघ ८ गते डाकिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?