पेट्रोलियम व्‍यावसायीमाथि सांघातिक आक्रमण

पेट्रोलियम व्‍यावसायीमाथि सांघातिक आक्रमण
+
-

मोरङ-विराटनगरका पेट्रोलियम व्यावसायी पशुपति भगतमाथि गएराति सांघातिक आक्रमण भएकोछ।

वडा प्रहरी कार्यालय विराटनगरका प्रमुख डिएसपी सुरेन्द्र सिटौलाका अनुसार, गएराति करिब ७ बजे बजारबाट घरफर्कने क्रममा पशुपति भगतमाथि आक्रमण भएको हो।

वडा प्रहरी कार्यालयका प्रमुख सिटौलाका अनुसार, घटनामा संलग्‍न चार जनालाई पक्राउ गरिएको छ र उनीहरुमाथि अनुसन्धान सुरु भइरहेको छ।

विराटनगरको गुद्रीमा रहेको आलुको मण्डीबाट बसपार्कस्थित पम्प हुँदै घर फर्कने क्रममा चार पाँच जनाले राती ढुकेर आक्रमण गरेको प्रहरीले जनाएकोछ।

बसपार्कस्थित अन्नपूर्ण सप्लायर्स पम्पबाट उनको घर जनपथ टोल करिब आधा किलोमिटरको दुरीमा अवस्थित रहेकोछ। भगतको पेट्रोल व्यवसायसाथै तरकारी बेचविखन हुने गुद्रीमा आलुको मण्डी रहेकोछ।

घटनापछि उनलाई हाल विराटनगर अस्पतालमा उपचारका लागि राखिएको छ। उनको घुँडामा गहिरो चोट लागेकोछ। उपचारका क्रममा भेट्नका लागि पूर्व आपूर्तिमन्त्री शिवकुमार मण्डलपनि पुगेकाछन्।

धारिलो हतियारले घुँडामा बढि चोट लागेको भगतले आफूलाई सुनियोजित रुपमा विराटनगरका एलिश गुरुङ समूहले आक्रमण गरेको प्रहरीलाई बताएकाछन्।

अर्कोतर्फ प्रहरीले पक्राउ गरेको चार जनामध्ये सिद्धीकी पनि रहेकाछन्। सिद्धिकीलाई गुरुङको दाहिने हातका रुपमा लिइने गरेको प्रहरीले जनाएकोछ। यद्यपी भगत र गुरुङलाई नजिकबाट चिन्नेहरु भने घटना लेनदेनकै विषयमा हुनसक्ने बताउछन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?