
धनगढी – नयाँ नेतृत्वका लागि भएको कैलाली उद्योग वाणिज्य संघको निर्वाचनमा पुष्पराज कुँवर नेतृत्वको प्यानल विजयी भएको छ । कोषाध्यक्ष बाहेकका सम्पूर्ण पदमा कु्ँवर नेतृत्वको प्यानलका पदाधिकारी विजयी भएका हुन ।
पुष्पराज कुँवर नेतृत्वको प्यानलको उद्योग उपाध्यक्षमा पुष्कर ओझा, वस्तुगत उपाध्यक्षमा शिवराज कुँवर, उपाध्यक्ष वाणिज्यमा गगन केसी विजयी भएका छन् ।महासचिवमा कुँवर प्यानलकै ओम विष्ट र सचिवमा सिद्धराज पनेरु विजयी भए । तर कोषाध्यक्षमा भने रुपेश स्वाँर नेतृत्वको प्यानलका भीमराज ओझा विजयी भए ।
सदस्यमा मिश्रित परिणाम आएको छ ।