
काठमाडौं-बंगलादेशले म्यानमार सीमाका शिविरमा १० लाख भन्दा बढी रोहिंग्या शरणार्थीहरु भएको बताएको छ।
शरणर्थीलाई म्यान्मार फिर्ता गर्ने तयारीका बिच गरिएको गणनामा पछिल्लो अनुमान भन्दा बढी संख्या भएको रोहिंग्या पञ्जीकरण प्रमुख सईदुर रहमानले बताए।
बंगलादेश सरकार शरणार्थीलाई फीर्ता पठाउनेकाम अर्को हप्ताबाट सुरु गर्न चाहन्छ। दुई वर्ष भित्र सम्पुर्ण शरणार्थी फीर्ता गर्ने बंगलादेश र म्यानमारबीच सम्झौता भएको छ।
तर शरणार्थीहरुले आफुहरु फर्ता नजाने बताएका छन् । म्यानमारमा रोहिंग्या अल्पसंख्यक दशकौं देखी अत्याचारको सामना गदै आएका छन् जसको पछिल्लो नतिजा उनीहरु म्यानमार छोडेर बंगलादेश शरण माग्न आएका थिए।
बंगलादेशको स्थल सेनाले गत बर्ष म्यानमारबाट रोहिंग्या मुसलमानको नयाँ समुह प्रबेस गरे पछी पंजीकरण सुरु गरेको थियो। बंगलादेशको स्थल सेनाका ब्रिगेडियर जनरल तथा पंजीकरण प्रमुख सइदुर रहमानले भने ‘अहिलेसम्म हामीहरुले १,००४,७४२ रोहिंग्याहरुको पंजीकरण गरेका छौ।’
उनीहरुलाई पंजीकरण कार्ड पनी बितरण गरीएको छ र अझै हजारौ शरणार्थीको पंजीकरण बाकीरहेको रहमाने बताए।
बंगलादेशको यो आंकडा संयुक्त राष्ट्र संघको आकडा भन्दा धेरै हो । संयुक्त राष्ट्र संघका अनुसार दक्षिण–पूर्व बंगलादेशको म्यानमार सीमामा ९६२,००० को संख्यामा रोहिंग्या शरणर्थीहरु छन्। एजेन्सीको सहयोगमा
सम्बन्धित समाचार…