बालकोटमा ओली–प्रचण्ड छलफल, पार्टी एकताको एजेण्डा तय

बालकोटमा ओली–प्रचण्ड छलफल, पार्टी एकताको एजेण्डा तय
+
-

काठमाडौं – पार्टी एकताको तयारीमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबिच शनिबार ओली निवास बालकोटमा छलफल भएको छ ।

दुई अध्यक्षबिच एक घण्टा भन्दा बढी भएको छलफलले आइतबार बस्ने पार्टी एकता संयोजन समिति बैठकको एजेण्डा तय गरेको छ ।

बैठकपछि पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले पार्टी एकताको विषयमा संयोजन समितिको बैठकका लागि एजेण्डा तय गरेको बताए पनि के एजेण्डा भन्ने चाहिँ खुलाएनन् ।

तर स्रोतका अनुसार दुई अध्यक्षले सैद्धान्तिक र नेतृत्वको विषयमा केन्द्रित भएर आइतबारको संयोजन समितिको बैठकमा छलफल हुने गरी एजेण्डा तय गरेका हुन् ।

यस्तै बैठकमा प्रदेश सरकार गठनका विषयमा पनि छलफल भएको स्रोतले बताएको छ ।

एमाले र माओवादीले नयाँ सरकार गठन अघि नै पार्टी एकता प्रक्रियालाई टुंगोमा लग्ने तयारीमा छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?