एक करोडसम्मका आयोजना उपभोक्ता समितिलाई सुम्पने व्यवस्था

गण्डकी प्रदेशको उपभोक्ता समिति परिचालन कार्यविधि तयार

गण्डकी प्रदेशको उपभोक्ता समिति परिचालन कार्यविधि तयार
+
-

पोखरा – एक करोड रुपैयाँसम्मको आयोजना निर्माणमा गण्डकी प्रदेश सरकारले उपभोक्ता समिति मार्फत काम गराउने भएको छ । सोमबार बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ३७ औं बैठकको निर्णयले एक करोडसम्मको आयोजनामा जनसहभागिता समावेश गराएर उपभोक्ता समितिलाई निर्माणको जिम्मेवारी दिने भएको हो ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले पेस गरेको उपभोक्ता समिति परिचालन तथा व्यवस्थापन कार्यविधिमा उपभोक्ता समितिलाई जिम्मेवारी दिन सकिने व्यवस्था गरिएको प्रदेश सरकारका प्रवक्ता एवं मन्त्री रामशरण बस्नेतले जानकारी दिए ।

कार्यविधिअनुसार १ करोडसम्मका आयोजना सोझै प्रदेश सरकारले उपभोक्ता समितिको जिम्मा लगाउन सक्नेछ । मन्त्री बस्नेतले यस्ता आयोजनामा स्थानीय तहसँग प्रदेश सरकारले सहकार्य गरिराख्नु नपर्ने बताए । तर उपभोक्ता समितिले आयोजना निर्माण गर्दा ठेकेदार कम्पनीलाई ठेक्कामा दिन नपाइने व्यवस्था उल्लेख छ ।

‘उपभोक्ता समितिमार्फत काम गर्न झनै पारदर्शी हुने विश्वाससहित यो कार्यविधि तयार पारेका हौं,’ मन्त्री बस्नेतले भने, ‘सडक आयोजनामा १० प्रतिशत, खानेपानीमा २० प्रतिशत र सिँचाइमा १० प्रतिशत लगायत जनसहभागिता समावेश गरेर १ करोडसम्मको काम उपभोक्ता समितिले गर्न पाउने गरी कार्यविधि तयार गरिएको हो ।’ सार्वजनिक खरिद ऐनमा टेकेर बनाइएको उक्त कार्यविधि प्रदेशसभामा पठाउन मन्त्रिपरिषद्को निर्णयले सहमति दिएको छ ।

मन्त्रिपरिषद्को बैठकले प्रदेशभित्र रहेका ताल, पोखरी, कुण्ड लगायतको संरक्षण तथा विकास गर्न प्राधिकरण गठन गर्ने निर्णय गरेको छ । उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा ताल संरक्षण तथा विकास प्राधिकरण विधेयक मन्त्रिपरिषदले पारित गरेको हो । मुख्यमन्त्री नेतृत्वमा पर्यटनमन्त्री सदस्य रहने गरी विज्ञसहितको प्राधिकरण गठन हुने प्रावधान कार्यविधिले तय गरेको छ । प्राधिकरणमा सरकारले प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न सक्नेछ ।

बैठकले औद्योगिक व्यवसाय विधेयक मन्त्रिपरिषदबाट पारित गरेको छ । विधेयकले प्रदेशका लगानीयोग्य क्षेत्रमा भएको लगानीको सुरक्षा गर्ने, बाह्य लगानीलाई समेत आकर्षण गर्ने, प्रदेशले लिएको लक्ष्य अनुसार आर्थिक गतिविधिको विकास सहयोग गर्ने विश्वास लिइएको छ । त्यस्तै, प्रदेश सरकारले सवारी तथा यातायात व्यवस्थापनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक मन्त्रिपरिषदबाट पारित गरेको छ ।

सामाजिक विकास मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ । बैठकले सो विधेयक सहित ४ वटा विधेयक प्रदेशसभा सचिवालय पठाउने निर्णय गरेको हो ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?