
धनगढी- कैलालीको अत्तरियामा रहेको नेपाल टेलिकमको क्षेत्रीय कार्यालयमा शनिबार बेलुका आगलागी भएको छ।
आगलागीका कारण स्टोर नजिकै राखीएका ९ सेट सेटलाईट ऐन्टीना जलेर नष्ट भएका छन्।
टेलिकम परिसर भित्र रहेको स्टोर र आवास नजिकै आगलागी भएको थियो।
स्थानियबासी, नेपाल प्रहरी र गोदाबरी नगरपालिकाको दमकलको सहयोगले आगो नियन्त्रण गरिएको नेपाल टेलिकम क्षेत्रिय कार्यालय अत्तरियाका निमीत्त निर्देशक भाष्कर पोखरेलले जानकारी दिए।
उनले आगलागी भएको केहि क्षणमै सबैको प्रयासले आगो नियन्त्रण हुँदा ठुलो क्षतिबाट जोगीएको बताए।
पोखरेलका अनुसार आगलागी कारण थाहा हुन् सकेको छैन।