उत्तर कोरियाले आउँदो फेब्रुअरीमा दक्षिण कोरियामा हुने विन्टर (शीतकालीन) ओलम्पिकमा आफ्ना २२ खेलाडी पठाउने भएको छ ।
आउँदो फेब्रुअरी ९ देखि दक्षिण कोरियाको प्योङ्च्याङमा हुने विन्टर ओलम्पिकका तीन खेलका विभिन्न स्पर्धामा उत्तर कोरियाली खेलाडीले प्रतिस्पर्धा गर्ने छन् ।
जनवरीको सुरुमा दुई कोरियाका उच्च अधिकारीबिच पछिल्लो दुई वर्षमा भएको पहिलो वार्तामा उत्तर कोरियाको ओलम्पिक सहभागिता बारे सहमति भएको थियो ।
दुवै कोरिया ओलम्पिकमा साझा झण्डा लिएर मार्च गर्न पनि तयार भएका छन् ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटिको स्वीट्जरल्याण्डमा शनिबार राति हुने बैठकमा विन्टर ओलम्पिकमा उत्तर कोरियाको सहभागिता बारे छलफल हुनेछ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































