इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार बेलुका भएको खेलमा चेल्सी विजयी भएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले ब्राइटनलाई ४–० ले हराएको हो ।
चल्सीको जितमा इडन हजार्डले दुई तथा विलियन र मोसिसले एक एक गोल गरे । चेल्सीले सुरुको ६ मिनेटमा २–० को अग्रता लियो । तेस्रो मिनेटमा हजार्ड र छैटौँ मिनेटमा विलियनले गोल गरे ।
चेल्सीले दोस्रो हाफमा थप दुई गोल गरेको हो । ७७ औँ मिनेटमा हजार्डले व्यक्तिगत दोस्रो गोल गरे भने ८९ औँ मिनेटमा मोसिसले गोल गरेपछि चेल्सी ४–० ले विजयी भयो ।
जितपछि चेल्सीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग अंक बराबरी गरेको छ । दुवैको ५० अंक भएको छ । तर चेल्सीले एक खेल बढी खेलेको छ ।

                                                                                                                    
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































