अंग्रेजी बोल्दा प्रहरीको लात्ती, पेटमा ५० भन्दा बढी टाँका

अंग्रेजी बोल्दा प्रहरीको लात्ती, पेटमा ५० भन्दा बढी टाँका
+
-

पोखरा – सामान्य भनाभन मै प्रहरी जवान प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापाको कुटाइबाट गम्भीर घाइते भएका गलकोट नगरपालिका ६ हरिचौरका सोमबहादुर बस्नेतको मेजर सर्जरी (अप्रेसन) भएको छ ।

प्रहरीको कुटाईबाट पेटमा गम्भीर चोट लागेका ४० वर्षीय बस्नेतको पोखरास्थित फेवासिटी अस्पतालको आइसियु कक्षमा उपचार भइरहेको हो ।

पेटमा ठूलो चोट परेकोले फियो (पेट भित्रको अंग) च्यातिएर रगत बगिरहेको उपचारमा संलग्न सर्जन डा. सुरेशराज पौडलले जानकारी दिए । ‘उहाँको पेटमा दुई लिटर जति रगत फैलिएको थियो,’ उनले भने, ‘लाइफ सेभिङ अप्रेसन गरिएको हो । पेटको रगत सफा भएको छ । बिरामीको अवस्था सुधारोन्मुख हुँदै गएको छ ।’

अप्रेसनपछि बिरामीले पानी, झोल पदार्थ खाइरहेको डाक्टर पौडेलले बताए । घाइतको उपचारका लागि बस्नेतकी श्रीमती कृष्णकुमारीसहित उनका आफन्त पोखरामा छन् । बस्नेतको मेजर अप्रेसन भएकाले पेटभरीमा झण्डै ५२ बढी टाँका लगाइएको परिवार स्रोतले जानकारी दियो । प्रहरीको प्रत्यक्ष निगरानीमा बस्नेतको उपचार भइरहेको छ ।

के भएको थियो त्यस दिन

सोमबहादुर बस्नेत, कृष्णबहादुर खत्री र बिक्की गैरे गएको पुस २९ गते गलकोट नगरपालिकाको वडा ६ बाट ३ तर्फ झोलुङे पुल हुँदै जाँदै थिए । हरिचौर प्रहरी बिटमा कार्यरत प्रहरी जवानद्वय प्रेमबहादुर विष्ट र बुद्धबहादुर थापासँग उनीहरुको बाटोमै जम्काभेट भयो । बिक्कीलाई प्रहरीले अपशब्द प्रयोग गरेर बोलाए । कृष्णबहादुर खत्रीका अनुसार आफूहरु तीनजनाले मदिरा सेवन गरेको भए पनि प्रहरीलाई नराम्रो नबोलेको बताउँछन् ।

‘हाम्रो साथी बिक्कीसँग प्रहरीको चिनचान रहेछ’, उनले भने, ‘प्रहरीले अपशब्द प्रयोग गरेर बोलायो, सोमले ह्वाट् डु यु मिन … भनेर त्यहि शब्द दोहो¥याउँदा अंग्रेजीमा कुरा गर्छस्, ठूलो बन्छस् । यो अमेरिका हो भन्दै कुटे ।’

बिक्कीको प्रहरीसँग चिनेजानेको भएकाले उसलाई केही नगरेको खत्रीले बताए । आफूलाई र सोमलाई बुट र लाठी बजारेको उनको भनाई छ । ‘मैले अलिअलि पन्च ब्लक गरे, सोमको पहिले पनि हात अप्रेसन गरेको थियो, उ अलि कमजोर नै हो । उसले छेक्न सकेन । सोममाथि प्रहरी जाइलागे’, उनले थपे ।

युनिफर्मसहित ड्युटीमा खटिएका प्रहरीले बिना कारण रिस पोखेको उनले सुनाए । प्रहरी एकाएक आवेशमा आएर कुटपिट ग¥यो । ‘हाम्रो गल्ती भए चौकीमा लैजानुस भन्दाभन्दै सोमलाई घाइते हुनेगरी कुटे दुःख लागेको छ ।’

राष्ट्रसेवक प्रहरी आफ्नो दायित्व बिर्सेर जनतामाथि अन्याय गरेको गलकोट नगरपालिका वडा नम्बर ६ की सदस्य मनकुमारी पाण्डेले आरोप लगाइन् । वडाले घटनामा संलग्न प्रहरी माथि कारवाहीको माग गरेको उनले जानकारी दिइन ।

कुटपिटमा संलग्न भएको आरोप लागेका प्रहरी जवानद्वय विष्ट र थापालाई इलाका प्रहरी कार्यालय हरिचौरमा थप अनुसन्धानका लागि तानिसकिएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख तथा एसपी बिनोद रेग्मीले जानकारी दिए ।

‘ड्युटीमा खटिएको प्रहरीले उनीहरुलाई कुटेको भन्ने जानकारीमा आएको छ’, एसपी रेग्मीले भने, ‘पुरानै रिसिइबी हो कि आवेशमा आएर तत्कालै प्रतिक्रिया जनाउँदा त्यस्तो घटना भएको भन्ने बारे अनुसन्धान भइरहेको छ ।’ मदिरा सेवन गरेर आएका व्यक्तिसँग सामान्य भनाभनमै प्रहरीले अनुचित बल प्रयोग गरेको भन्ने पुष्टि भएमा विभागिय कारवाहीका लागि प्रहरी जवानद्वयलाई जिल्ला तानिने एसपी रेग्मीले जानकारी दिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?