हेल्थ असिस्टेन्ट सङ्घको आन्दोलन फिर्ता

हेल्थ असिस्टेन्ट सङ्घको आन्दोलन फिर्ता
+
-

काठमाडौँ – आन्दोलनरत हेल्थ असिस्टेन्ट सङ्घ नेपाल (हान) ले आफ्ना आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएको जनाएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका उच्च नेतृत्वले हानले उठान गर्दै आएको प्रमुख माग पूरा गर्ने सहमति शुक्रबार गरेपछि हानले आन्दोलनका कार्यक्रम फिर्ता लिएको हो ।

सदनबाट पारित कर्मचारी समायोजन ऐन, स्वास्थ्य सेवासित सम्बन्धित केही प्रावधान र स्वास्थ्य सेवाका संरचना सच्याउनुपर्ने लगायतका माग राखी हान ११ दिनदेखि आन्दोलनमा उत्रेको थियो ।

मन्त्रालयद्वारा गठित वार्ता टोली र हानका पदाधिकारीका बिचमा शुक्रबार भएको सहमतिमा कर्मचारी समयोजन व्यवस्थापन गर्दा नेपाल स्वास्थ्य सेवा नियमावली २०५५ को अनुसूचि ७ अनुसार योग्यतालाई आधार मान्ने, प्रस्तावित निजामती ऐनमा सेवाको तहगत प्रणाली वैज्ञानिक बनाउन पहल गर्ने, समायोजन गर्दा शैक्षिक योग्यताका आधारमा एक तह वृद्धि गर्ने गरी पहल गर्ने लगायतका रहेका हानका केन्द्रीय सदस्य उदय महतोले जानकारी दिए ।

यसैगरी सहमतिमा उच्च शिक्षा अध्ययनका लागि कोटासहित छात्रवृत्तिको व्यवस्था गर्न सङ्घीय निजामती ऐनमा समावेश पहल गर्ने रहेको छ ।

ती सहमतिमा मन्त्रालयका तर्फबाट वार्ता टोलीका संयोजक तथा स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. गुणराज लोहनी, सहसचिव जनार्दन गुरागाईं, जनस्वास्थ्य प्रशासक महेन्द्रप्रसाद श्रेष्ठ तथा हानका तर्फबाट उदय महतो, प्रकाश परियार, रवीन्द्रकुमार साह र मेघनाथ चापागाईले हस्ताक्षर गरेका छन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?