
देश सञ्चार
माघ ७, २०७४
अ
+
अ
अ
-
दमासकस- सिरियाली सरकारी सेनाले रणनीतिक महत्वको इदलिबस्थित अबु अल–दुहुर हवाई अखडालाई शनिबार पूर्ण नियन्त्रणमा लिएको सिरियाको सैन्य स्रोतले सिन्ह्वा न्यूज एजेन्सीलाई जनाएको छ ।
सिरियाको अलकायदा आवद्ध लेभेन्ट लिबरेसन समिति (नुस्रा फ्रन्ट)सँगको व्यापक लडाइपछि सेनाले उक्त हवाई अखडा नियन्त्रणमा लिन सफल भएको नाम गोप्य राख्ने शर्तमा एक सैनिकले बताए ।
इदलिवको दक्षिणी क्षेत्रमा सेना र विद्रोही समूहबीच यस महिनाको शुरुसँगै भएको आक्रमणपछि शनिबार हवाई अखडा नियन्त्रणमा लिइएको हो ।

