१६ औँ सत्याग्रह

डा. केसीसँग सरकार कठोर, दुर्घटनाको खतरा

डा. केसीसँग सरकार कठोर, दुर्घटनाको खतरा
+
-

काठमाडौँ – डाक्टर गोविन्द केसीको १६ औँ सत्याग्रह गम्भीर दुर्घटनामा जाने खतरा बढ्दै गएको छ । ११ दिनदेखि १६ औँ अनशनमा रहेका केसी आफ्ना मागमा दृढ र सरकार उनका माग पूरा गर्नमा उदासिन भएपछि अनशन आन्दोलन दुर्घटनामा जाने खतरा बढेको हो ।

अनशनकै क्रममा डा. केसीको स्वास्थ्यमा तलमाथि हुन सक्ने भन्दै चिन्ता व्यक्त गरिएको छ । तर शुक्रबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको सर्वोच्चता स्वीकार गर्न डा. केसीलाई आग्रह गरेका छन् ।

कांग्रेस सांसद गगन थापाले सोधेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले संसदको आदेश आफूले मान्ने तर आदेश दिन नसक्ने बताएका थिए । सांसद थापाले ‘डा. केसीसँग भएको सम्झौता अनुसार चिकित्सा शिक्षा विधेयक प्रधानमन्त्रीले चाहनु भयो भने अघि बढ्छ । प्रधानमन्त्रीप्रतिको विश्वासलाई ढल्न दिने वा कार्यान्व्यन गर्ने ?’ भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेका थिए ।

सांसद थापाको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संसद जनप्रतिनिधिको थलो भएकोले संसदको सर्वोच्चताप्रति आफू नतमस्तक रहेको बताए । उनले ‘एकजना व्यक्ति अनशन बसेपछि संविधान र कानुनले काम नगर्ने कुरा लोकतन्त्रमा हुन्छ ?’ भन्दै प्रश्न गरेका थिए । बहुमत छ भन्दैमा संसदको गरिमा र सर्वोच्चतालाई थिचोमिचो गर्न नसक्ने प्रधानमन्त्री ओलीको अभिव्यक्तिले अब सरकार डा. केसीका मागबारे लचिलो नबन्ने पक्षमा रहेको प्रष्ट पार्छ ।

तर डा. केसी समर्थकहरु भने सरकार उनका माग पूरा गर्न बाध्य हुने कुरामा ढुक्क छन् । अन्तिम सयममा सत्ता नै ढल्ने अवस्थामा पुगेपछि सरकार घुडा टेक्न बाध्य हुने डा. केसीको आन्दोलनका सहयोगी किशोर केसीले बताए ।

चिकित्शा शिक्षा सुधारको माग राख्दै यसअघि १५ औँ अनशन बसेका बेला सरकारले उनका माग पूरा गर्ने गरी चिकित्शा शिक्षा विधेयक संसदमा पठाउने सम्झौता गरेको थियो । आफूसँग गरिएको सम्झौता तोडमोड गरेर विधेयक संसदमा पेश पठाइएको भन्दै डा. केसीले १६ औँ अनशन सुरु गरेका हुन् । तर संसद भन्दा ठूलो व्यक्ति हुन नसक्ने भन्दै सरकारले उनका माग पूरा गर्ने सामथ्र्य अब सरकारसँग नरहेको तर्क गरिरहेको छ ।

डा. केसीको स्वास्थ्य अवस्था अत्यन्त चिन्ताजनक बनेपछि उनलाई उपचारका लागि इलामबाट काठमाडौँ ल्याएर शिक्षण अस्पतालमा भर्ना गरिएको छ । इलामका डाक्टरहरुले केसीको अवस्था अत्यन्त चिन्ताजनक रहेको र जुनसुकै बेला गम्भीर दुर्घटना हुन सक्ने बताएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टर मार्फत रातारात काठमाडौँ ल्याएर शिक्षण अस्पतालको आइसियुमा राखेर उपचार भइरहेको छ ।

तर सरकार डा. केसीले उठाएका माग पूरा गर्नमा उदासिन देखिएपछि अनशन आन्दोलन गम्भीर दुर्घटनामा जाने खतरा टरेको छैन । विभिन्न जिल्लामा डा. केसीको समर्थनमा मानिसहरु सडकमा उत्रने क्रम सुरु भएको छ भने प्रमुख विपक्षी कांग्रेस केसीका मागलाई प्रमुख मुद्दा बनाएर संसदमा उभिएको छ ।

डा.केसी आफ्नो अडानमा अडिग र सरकार उनका मागबारे उदासिन रहेका अवस्थामा अब के हुन्छ भन्ने प्रश्न अहिले आम चासोको विषय बनेको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?