पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी, स्ववियुको रिटमा उच्च अदालतले तोक्यो पेशी

पोखरा विश्वविद्यालयमा नेविसंघको तालाबन्दी, स्ववियुको रिटमा उच्च अदालतले तोक्यो पेशी
+
-

पोखरा – स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) पदाधिकारीको पदावधिको विषयलाई लिएर कांग्रेस भातृसंस्था नेपाल विद्यार्थी संघ(नेविसंघ)ले पोखरा विश्वविद्यालयमा तालाबन्दी गरेको छ । स्ववियु सचिव सुरज परियारलाई स्नातक तह अन्तिम सेमेस्टरको परीक्षा दिएको दुई महीना बितिसक्दा पनि पदमुक्त नगराएको भन्दै नेविसंघले विश्वविद्यालयको केन्द्रीय कार्यालयमा गएको पुस २३ गतेबाट तालबन्दी गरेको हो।

नेविसंघले उपकुलपति चिरन्जीवि शर्मा, रजिस्ट्रार गोविन्द शर्मा, कन्ट्रोलर भरतराज ढुंगानासहित विभिन्न ४ संकायका निर्देशकको कार्यकक्षमा तालाबन्दी गरेको छ। सेवा आयोगको कार्यालय, परीक्षा नियन्त्रण कार्यालय, लेखा र प्रशासन कार्यालयमा समेत तालाबन्दी हुँदा विश्वविद्यालयमा विद्यार्थीको पढाई बाहेक कार्यसम्पादनको काम रोकिएको छ।

‘सत्ताको आडमा स्ववियुले विधानविपरित पदाधिकारीको पदावधि लम्ब्याउन खोजेको छ,’ नेविसंघ विश्वविद्यालय इकाई समिति फिरोज सुवेदीले भने, ‘विधानको मर्म अनुसार विद्यार्थीको सैद्धान्तिक परीक्षा सकिएपछि स्वतः पदावधि सकिन्छ ।’ जुन तहबाट विद्यार्थीले स्ववियु निर्वाचनमा भाग लिएको हो त्यसको समय सकिएपछि प्रशासनले नै उसलाई पदबाट हटाउन निर्णय गर्नुपर्ने उनले बताए।

विधानअनुसार स्ववियु कार्यसमितिको दुई वर्ष कार्यकाल रहने व्यवस्था रहेको सभापति सुनिल तिमिल्सिनाले जानकारी दिए। पोखरा विश्वविद्यालय स्ववियु तथा विद्यार्थी आचारसंहिता सम्बन्धी नियमावली २०६५, को नियम ५ ‘ग’ मा ‘कार्यसमितिमा रहेका पदाधिकारी र सदस्य विद्यार्थीहरु जुन तह र विषयको नियमित विद्यार्थीको हैसियतमा निर्वाचित भएका हुन्छ, सोही तहको अन्तिम वर्ष वा सेमेस्टर वा ट्राइमेस्टरको सैद्धान्तिक परीक्षा दिइसकेपछि कार्यसमितिको पदाधिकारी र सदस्यको पद स्वतः समाप्त भएको मानिनेछ।’

विधान विवाद सम्बन्धमा स्ववियुले विश्वविद्यालयको कार्यकारी बोर्डमा निवदेन दिएको सभापति तिमिल्सिनाको भनाई छ । सोही विधानको पदरिक्तता सम्बन्धि बुँदामा सेमेस्टर सकिएपछि रिक्त हुने भन्ने विषयमा उल्लेख नभएकाले पदावधि पूर्ण रुपमा दुई वर्ष हुने अडान स्ववियुको छ।

यसै विषयलाई लिएर गएको मंसिर २० मा नेविसंघले उपकुलपति र स्ववियु सभापतिको कुर्सी जलाएका थिए। त्यसपश्चात्त विश्वविद्यालयले डिन हरिबहादुर खड्काको संयोजकत्वमा वार्ता समिति गठन गरेर बाधा फुकाउन सहजीकरण गर्न खोजेको थियो ।

तर गठित समितिले कुनैपनि पहलकदमी गर्न नसक्दा नेविसंघले पुनः तालाबन्दी सहित आन्दोलन सुरु गरेको हो । समिति संयोजक खड्काले विद्यार्थी संगठनका मुल पार्टीका नेताहरुसँग छलफल जारी राखेको बताएका छन् ।

उच्च अदालतले तोक्यो पेशी

स्ववियु सभापति सुनिल तिमिल्सिना सहित ३ जनाले दर्ता गराएको रिट निवदेन उपर उच्च अदालत पोखराले विपक्षी पोखरा विश्वविद्यालयलाई प्रष्ट्रीकरणको समय दिएको छ।

गएको माघ ३ गते स्ववियुका सभापति तिमिल्सिना, सचिव सुरज परियार र प्रकृति दवाडीले स्ववियुको काम कारवाही नियमित गराई पाउँ भन्दै दर्ता गराएको निवदेन उपर माघ ४ गते यस्तो आदेश दिइएको हो।

उच्च अदालतका न्यायाधीस कुमार चुडालको एकल इजलासले उपकुलपति चिरञ्जिवि शर्मा सहित रिटको विपक्षी कार्यकारी परिषद्लाई आउँदो माघ १६ गते छलफलको लागि पेशी ताकेको छ। पेसी मितिसम्म स्ववियु पदाधिकारीहरुको कामकारबाही नियमित गर्न अन्तरिम आदेश जारी गरेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?