जब खुट्टाको नशाबाट बेलुन छिराएर बिरामीको मुटुको भल्भ खोलियो..

जब खुट्टाको नशाबाट बेलुन छिराएर बिरामीको मुटुको भल्भ खोलियो..
+
-

मोरङ- खुट्टाको नशाबाट बेलुन छिराएर विराटनगरमा एक विरामीको मुटुको भल्भ खोलिएको छ।

विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा आइतबार लामोसमयदेखि मुटु सम्बन्धि समस्याबाट पीडित सुनसरी सोनापुरका ४५ वर्षीय मोहम्मद करिमुद्दिन मियाँको मुटुको भल्भ खोलिएको हो।

मुटुको भल्ब साँगुरिएका मियाँको खुट्टाको नसाबाट बेलुन छिराएर भल्ब खोलिएको मुटु रोग विशेषज्ञ डा. राजीव नेपालले जानकारी दिए।

‘यसक्रममा विरामीलाई बेहोस नबनाइकन भल्ब खोल्न मिल्छ जसले बिरामीलाई पनि धेरै कठिनाइ हुन्न,’ अस्पतालका निर्देशकसमेत रहेका डा. नेपालले भन्छन् ‘विना अप्रेसन गरिने यस प्रकारको उपचारले मुटु सम्बन्धी समस्या भएका धेरै बिरामीलाई राहत मिलेको छ।’

डा. नेपालले मिया“को उपचार पिटिएमसी पद्धतिबाट भएको बताएकाछन्। विगत १५ वर्षदेखि मियाँको मुटुमा समस्या देखा परेको थियो। राम्रो उपचारको खोजिमा काठमाडौंदेखि भारतका विभिन्‍न अस्पतालपनि पुगेका थिए। अस्पताल शैयामा हर्षित मुद्रामा देखिएको मियाँले भने, ‘विभिन्‍न अस्पतालमा धाउँदा र धेरै खर्च गर्दा पनि समस्या ज्यूँका त्यूँ थियो, तर लामो समयपछि यहींको नोबेल अस्पतालबाटै उपचार पाइयो।’

उपचारकै क्रममा काठमाडौंको एक अस्पतालले ‘ओपन हार्ट सर्जरी’ गर्नुपर्छ भनेपछि निराश हुदैं उनी घर फर्किएका थिए। ‘छाती चिर्नुपर्छ भनेर धेरै डर लागेको थियो।तर विना चिरफार उपचार पाएपछि पीडाबाट मुक्ती मिलेको छ,’ मियाँले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?