सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपणको सुविधा मिलाउन माग

सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपणको सुविधा मिलाउन माग
+
-

काठमाडौँ – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मिर्गौला रोगको निःशुल्क उपचार सेवा (डायलाइसिस) विभिन्न १६ जिल्लामा विस्तार गर्ने भएको छ।

डेडलधुरा, डोटी, जुम्ला, प्युठान, अर्घाखाँची, पाल्पा, स्याजा, इलाम, पाँचथर, दोलखा, रामेछाप, सिराहा, सर्लाही, महोत्तरी, रौतहट, कञ्चनपुरमा मिर्गौलाको निःशुल्क उपचार सेवा सुरु हुन लागेको हो।

हाल मन्त्रालयले मिर्गौला रोगका बिरामीलाई उपचारसेवा गरेवापत रु चार हजार, प्रत्यारोपणका लागि रु चार लाख, प्रत्यारोपण पश्चात औषधि सेवनका लागि रु एक लाख प्रदान गर्दै आएको छ। सातवटै प्रदेशमा गरी हाल चार हजार ५०० बिरामीले मिर्गौला उपचार सेवा लिइराखेको मन्त्रालयले जनाएको छ।

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री डा.सुरेन्द्र यादवले सो जानकारी दिँदै मिर्गौला रोगको उपचार सेवाका लागि आर्थिक अभाव रहेको बताए। उनले मिर्गौला रोगका बारेमा जनचेतना जगाउन मन्त्रालयले ध्यान दिएको बताए।

बैठकमा समितिका सदस्य खगराज अधिकारीले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपण केन्द्र स्थापना गर्न सरकारले ध्यान दिनुपर्ने बताए। समितिका सदस्य मानबहादुर विश्वकर्माले मिर्गौला रोग लाग्न नदिन के गर्नुपर्छ भन्ने बारेमा समुदायमा जनचेतना फैलाउनु पर्नेमा जोड दिए।

अर्का सदस्य उमेश श्रेष्ठले मिर्गौलाका रोगी बढ्ने तर रोग रोकथामका लागि बजेट घट्ने प्रवृत्तिलाई अन्त्य गर्न सुझाव दिए। समितिका सदस्य दिलबहादुर महतले सातवटै प्रदेशमा मिर्गौला प्रत्यारोपणको व्यवस्था मिलाउन ध्यान दिन माग गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?