
काबुल-अफगानिस्तानको राजधानी काबुलमा रहेको एक होटलमा बन्दुकधारीले गरेको आक्रमणमा पाँच जनाको ज्यान गएको छ।
अरु ६ जना घाइते भएका छन् । स्थानीय समय अनुसार शनिबार राति ९ बजेपछि कम्तिमा चारजना बन्दुकधारीले काबुलमा रहेको एक अन्तर्राष्ट्रिय होटलमा आक्रमण गरेका हुन्।
बन्दुकधारीले होटलको गेटमा रहेको गार्डलाई गोली प्रहार गरी भित्र प्रवेश गरेका थिए। उनीहरुले होटलका पाहुना तथा कर्मचारीलाई लक्षित गरी गोली प्रहार गर्नुका साथै ग्रिनेट आक्रमण गरेका आफगानिस्तानको आन्तरिक मामिला मन्त्रालयले जनाएको छ । बन्दुकधारीको आक्रमणमा पाँचजनाको ज्यान गएको छ।
यस्तै सुरक्षाकर्मीको कारवाहीमा दुई आक्रमणकारी मारिएको छन्। होटल भित्र रहेका पाहुना तथा कर्मचारी गरी १ सय भन्दा बढीलाई बन्धक बनाएका थिए।
सुरक्षाकर्मीले १२ घण्टापछि उनीहरुलाई मुक्त बनाएको समाचार संस्था रोयटर्सले जनाएको छ।