प्रचण्ड पत्‍नी सीता दाहालको आइसीयूमा राखेर उपचार हुँदै

प्रचण्ड पत्‍नी सीता दाहालको आइसीयूमा राखेर उपचार हुँदै
+
-

काठमाडौँ-आइतबार बिहानै अस्पताल भर्ना भएकी पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की पत्नी सीता दाहालको आइसीयूमा राखेर उपचार भइरहेको छ।

शनिबार रातिदेखि ज्वरो आएपछि उनलाई आइतबार बिहान धापाखेलस्थित  सुमेरु अस्पतालमा भर्ना गरिएको थियो। प्रचण्डका पारिवारिक चिकित्सक प्राध्यापक डाक्टर युवराज शर्माका अनुसार उनलाई केही दिन अगाडिदेखि सञ्‍चो थिएन, शनिबार पुल्चोकको सुमेरुमा स्वास्थ्य जाँच गरेर  फर्किए पनि राति पुन: ज्वरो आएपछि अस्पताल भर्ना गरिएको हो।

डा. शर्माले भने, ‘साधारण रुघाखोकी थियो, अहिले ज्वरो पनि आएको छ। ज्वरो आएको २४ घण्टा भइनसकेकोले भाइरल होकी भनेर भन्‍न सकिदैन।’ सीतालाई चिसोले दु:ख दिएको हो।

सीता दाहालको स्वास्थ्य अवस्था राम्रो भएको डा. शर्माले बताए।  ‘ज्वरोको बिरामी अनि खोकि लागेको कारणले इन्फेक्शन नहोस् भन्नको लागि आइसीयूमा राखेर उपचार गरिएको हो।’ शर्माले देश सञ्चारलाई जानकारी दिए।

उनलाई रक्तचाप, मधुमेहको समस्या पहिलादेखि नै थियो। पछि पत्ता लागेको नसा सम्बन्धि रोगको उपचारको लागि केही समय अगाडि  थाइल्याण्ड लगिएको थियो उनलाई।

यसका साथै उनलाई खोकी सुरु भएको दुई दिन भएको डा. शर्माको भनाई छ। ‘खोकी कुन रुपमा अगाडि बढ्छ अनि उहाँको स्वास्थ्यले कति सहयोग गर्छ त्यो हेर्न बाँकी छ।’ डा. भन्छन्, ‘अहिले औषधि चलाइरहेका छौँ, खाना आफैँले खानुभएको छ।’

रोगको सुरुवातको अवस्था भएकोले भोलि के हो भन्ने कुरा उनको स्वास्थ्यले बताउने शर्माले जानकारी दिए। सुमेरु अस्पतालमा सीताको उपचार डा. शर्माकै नेतृत्वमा भइरहेको छ।

आमा बिरामी भएपछि चितवनको भरतपुर महानगरपालिकाकी मेयर रहेकी छोरी रेणु दाहाल काठमाडौँ आइ पुगेकी छिन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?